बिर्तामोड ।
प्रसाई ट्रस्ट कल्याण कोष झापाको बाह्रौं वार्षिक साधारण सभा तथा छैठौं अधिवेशन आज सम्पन्न भएको छ। इन्द्रप्रसाद प्रसाईको अध्यक्षतामा प्रसाई ट्रस्ट कल्याण कोष का पूर्व केन्द्रीय अध्यक्ष टिकाप्रसाद प्रसाईको प्रमुख आतिथ्य रहेको थियो। कार्यक्रममा प्रसाई ट्रस्ट कल्याण कोषकी कोषाध्यक्ष बिर्तामोड नगरपालिकाकी मेयर पवित्रा महतरा प्रसाई त्यस्तैगरी केन्द्रीय सदस्यहरु राजकुमार प्रसाई, रमेश प्रसाई, अग्निप्रसाद प्रसाई, प्राध्यापक डाक्टर गंगाप्रसाद प्रसाई, वंशावली आयोगका सदस्य गङ्गाराज प्रसाई, नारायण प्रसाई अनुसन्धान विभागका निर्देशक धनुषाका तुलसी प्रसाई लगायतको आतिथ्यता रहेको थियो।
प्रमुख अतिथि टिका प्रसाईले पानसमा दीप प्रज्वलन गरेर कार्यक्रमको उद्घाटन गरेका थिए। कार्यक्रमको औचित्य सहित अध्यक्षद्वारा तयार पारिएको संस्थाको प्रतिवेदन संस्थाका अध्यक्ष इन्द्रप्रसाद प्रसाईंले राखेका थिए । संस्थाका कोषाध्यक्ष हेमराज प्रसाईले संस्थाको आयव्यय प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा बन्धु समाजको तर्फबाट गौतमबन्धु समाजका नीतिरमण गौतमले शुभकामना दिएका थिए। त्यसैगरी भारतको मणिपुर युनिभर्सिटीका प्राध्यापक डा.गंगाप्रसाद प्रसाईले शुभकामना दिएका थिए ।
कार्यक्रममा विभिन्न विधामा परिवारका सदस्यहरुलाई सम्मान समेत गरिएको थियो सम्मानित हुनेहरुमा झापामा रहेर लामो समयदेखि निष्पक्ष पत्रकारिता गर्नुभएकोमा सञ्चारकर्मी देवेन्द्र प्रसाईलाई सम्मान गरिएको थियो।
कार्यक्रममा प्रसाई ट्रस्ट कल्याण कोष झापा जिल्ला कार्यसमिति गठन गरिएको छ। नेत्रप्रसाद प्रसाईको अध्यक्षतामा उपाध्यक्ष जय कुमार प्रसाई ,सचिव दिपेश प्रसाई ,सहसचिव इन्द्रमणि प्रसाई ,कोषाध्यक्ष रामचन्द्र प्रसाईँ, सदस्यहरू पुष्पकुमार प्रसाई ,मेदनी प्रसाद प्रसाई, कृष्णप्रसाद प्रसाई ,ओमनाथ प्रसाई ,कुबेर प्रसाद प्रसाई, झलक प्रसाई ,सविन कुमार प्रसाई ,बालकृष्ण प्रसाई, टिकाराम प्रसाई, गणेशकुमार प्रसाई ,हेमकुमार प्रसाई र शिला उप्रेती प्रसाई चयन गरिएको छ। उपाध्यक्ष जयकुमार प्रसाईले स्वागत गरेको कार्यक्रम को सञ्चालन निवर्तमान सचिव नेत्र प्रसाईंले गरेका थिए ।


















