झापा । 

झापाको कनकाई नदीको जल सतह सचेतनाको लेभलमा पुगिसकेको छ । अहिले भर्खर कनकाई  नदीको जल सतह सचेतनाको लेभलमा पुगिसकेको हो ।


साइरनहरू बजाइएको छ। नदी तटीय क्षेत्रमा रहने स्थानीय  बासिन्दाहरुले सुरक्षित रहन सचेत गराइएको छ । तर पछिल्लो ४ घण्टा इलामलगायतको उत्तरी क्षेत्रमा वर्षा नभएको कारण पानीको उचाई अझ बढ्ने सक्ने सम्भावना कम रहेको छ  । 


तर पनि सबै सतर्क र चनाखो अवस्थामा सबै झापावासी जो नदी तटीय क्षेत्रमा ररहेका छन् उनीहरुलाई सचेत रहन झापा प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलको सचिवालयले बासिन्दाहरूमा हार्दिक अनुरोध गरेको छ ।