झापा ।
झापामा भारी बर्षाबाट हुने जोखिम न्यूनिकरणका लागि टोलीलाई तयारी अवस्थामा राखिएको छ। आज मध्यरातिदेखि देखि ११ गतेसम्म हुने भीषण वर्षाको कारण नेपाली सेनाको टोलीलाई तयारी अवस्थामा राखिएको हो ।
झापा जिल्लाका मुख्यतया गौरीगञ्ज गाउँपालिकाको वडा नम्बर १ र २ अन्तर्गतका बस्तीहरू र झापा गाउँपालिकाका एक र दुई वडा अन्तर्गतका बस्तीहरू बढी जोखिममा पर्ने आकलन गरिएको छ ।
आज अपरान्न सुरक्षा प्रमुखसहित झापा गाउँपालिकाको वडा नं १ र २ का बस्तीहरूको जोखिमको अवलोकन गरिएको छ। झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलसहित गाउँपालिकाका कार्यबहाक अध्यक्ष र सम्बन्धित वडाध्यक्षसहितको सहभागितामा भएको अनुगमनपछि स्थानीय नेपाल प्रहरी र सशस्त्र प्रहरीका दुवै युनिटहरूलाई कार्ययोजनासहित काम गर्न े निर्देशन दिएक छ ।


















