झापा । 

राष्ट्रिय अभिमुखीकरण तालिम संघको अध्यक्षमा विष्णुबहादुर कार्की निर्वाचित भएका छन् । मंगलबार सम्पन्न संघको तेस्रो वार्षिक साधारणसभाले कार्कीको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति निर्वाचित गरेको हो 


संघको प्रथम उपाध्यक्षमा जयप्रकाश यादव, वरिष्ठ उपाध्यक्षमा मनोजकुमार चौधरी, उपाध्यक्षमा छत्रबहादुर खड्का, महासचिवमा दण्डबहादुर आले, सचिवमा सुरेन्द्रकुमार झा र कोषाध्यक्षमा खेमकुमारी मल्ल निर्वाचित भएका छन् ।


यसैगरी सदस्यहरूमा मनोजकुमार महतो, सृजना पाण्डे तिमल्सिना, उमेशकुमार चौधरी, हर्षिता साहू, रुशान पाण्डे र शान्ति भण्डारी निर्वाचित भएको संघको निर्वाचन समितिले जनाएको  छ । साधारणसभामा १९३ व्यवसायी सहभागी रहेका थिए ।