झापा ।
गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन/ चट्याङ्ग/हावाहुरीसहित भारी देखि धेरै भारी वर्षा तथा एक–दुई स्थानमा अति भारी वर्षाको समेत सम्भावना रहेको भन्दै सर्तक रहन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ । महाशाखाले विशेष मौसमी बुलेटिन जारी गर्दै आगामी असोज ९ गते शुक्रबारदेखि असोज ११ गते आइतबारसम्म सर्तक रहन चेतावनी दिएको हो ।
साथै मधेश प्रदेश तथा कोशी, बागमती र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा पनि मेघगर्जन/चट्याङ्ग/हावाहुरीसहित भारी देखि धेरै भारी वर्षाको तथा कर्णाली प्रदेशको पनि थोरै स्थानमा भारी बर्षाको समेत सम्भावना रहेको जनाएको छ । देशका अधिकांश स्थानमा मेघगर्जन÷चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना छ । ‘उत्तर अन्डमान सागर र आसपासको क्षेत्रमा बिकसित न्यून चापीय क्षेत्र हाल बङ्गालको खाडीको मध्य भू–भाग आसपासमा रहेको छ र उक्त प्रणाली थप शक्तिशाली बन्दै बलियो न्युन चापीय क्षेत्र भई पश्चिम–उत्तरपश्चिम दिशातिर सर्ने देखिन्छ जारी बिशेष बुलेटिनमा भनिएको छ ‘यसको प्रभावले बुधबारबाट नै कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा बर्षाको गतिबिधि बढ्दै जाने देखिन्छ ।’
सम्भावित वर्षाको कारणले भूक्षय, बाढी, पहिरो तथा गेग्रान बहावको जोखिम रहेकोले शहरी तथा तराई क्षेत्रहरूमा डुबानको जोखिम रहेको, ठूला तथा साना नदी नाला र खोलाहरूमा पानीको सतह बढ्न सक्ने, दैनिक जन–जीवन, कृषि, स्वास्थ्य, पर्यटन लगायत नदी क्षेत्र आसपासका निर्माण कार्य, सडक तथा हवाई यातायात समेत प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता तथा पूर्व तयारी अपनाउन सर्वसाधारण तथा सबै सरोकारवाला निकायहरूमा अनुरोध गरिएको छ ।
हाल केही स्थानबाट धानबाली भित्र्याउन मोसम सम्बन्धि जानकारी माग भएकोले सम्बन्धित कृषि बिज्ञको सल्लाहमा कार्य गर्नु हुन पनि अनुरोध गरिएको छ । साथै, उक्त गौसग प्रणालीको प्रभाव देशको हिगाली भू–भागगा भारी सग्ग हिगपात हुन सक्ने भएकोले पर्वतारोही तथा सम्बन्धित सबैले उच्च सतर्कता अपनाउन पनि अनुरोध गरिएको छ ।



















