चारपाने । 

सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाको आसन्न निर्वाचनमा त्रिपक्षीय भिडण्त हुने भएको छ । भरतकुमार गिरी, उप्रेन्द्रप्रसाद ओली र छविलाल खतिवडाको नेतृत्वमा प्यानल खडा भएको छ ।  झापाको बिर्तामोड–२, चारपानेमा मुख्य कार्यालय रहेको साकोसको आगामी असोज १० गते निर्वाचन हुँदैछ । गिरी, ओली र खतिवडा आ–आफ्ना एजेन्डासहित चुनावी मैदानमा प्रतिस्पर्धामा उत्रिएका छन् ।

गिरी नेतृत्वको प्यानलमा बरिष्ठ उपाध्यक्षमा ज्ञानुनाथ मैनाली, महिला उपाध्यक्षमा खिनमाया बस्नेत (सिता), कोषाध्यक्ष भोला धिताल  छन् भने सदस्यममा तीर्थराज सिग्देल, लालबहादुर गिरी, सुजन खरेल, तारा भट्टराई र रेनुका उप्रेती मैनाली रहेका छन् । यसैगरी लेखा सुपरिवेक्षण समितिको संयोजकमा शंकर सुवेदी र सदस्यहरुमा नीरजकुमार ओली र शुक्रबहादुर ताामाङ रहेका छन् । 

यता ओली नेतृत्वको प्यानलमा बरिष्ठ उपाध्यक्षमा टेकनाथ खनाल (टंक), महिला उपाध्यक्षमा हरिमाया सिग्देल, कोषाध्यक्ष भीमबहादुर गिरी छन् भने सदस्यहरुमा  रमेश काफ्ले, भगीरथ लुइटेल, प्रेमप्रसाद अधिकारी, प्रमिला तिम्सिना, हिमादेवी प्रसाई रहेका छन् । यसैगरी लेखा सुपरिवेक्षण समितिको संयोजकमा शंकर सुवेदी र सदस्यहरुमा टीकाराम उप्रेती र भुवन कडेँल रहेका छन् । 

त्यसैगरी खतिवडा नेतृत्वको प्यानलमा बरिष्ठ उपाध्यक्षमा नेत्रबहादुर नेपाल, महिला उपाध्यक्षमा पार्वता भारती गिरी, कोषाध्यक्षमा लक्ष्मीप्रसाद आचार्य छन् भने सदस्यहरुमा नारायणप्रसाद  गिरी, मदनराज कटुवाल, रमेश सेडाई, शिखा खड्का र राधिका चुडाल रहेका छन् । यसैगरी लेखा सुपरिवेक्षण समितिको संयोजकमा डम्बरबहादुर देउजा, सदस्यहरुमा बबिता घिमिरे र सुनिल कार्की रहेका छन् । 

यता  गिरी, खतिवडा र ओलीको नेतृत्वमा प्यानल खडा भएसँगै उम्मेद्वारहरुले चुनावी प्रचारप्रसारलाई तिव्र बनाएको छन् ।  गिरी, खतिवडा र ओली गरी तीन प्यानल खडा भएसँँगै संस्थाको निर्वाचनमा त्रिपक्षिय भिडण्त हुने पक्का भएको छ । देशकै सवै भन्दा ठूलो सहकारी संस्था सहारा नेपाल साकोसको ६ वटा जिल्ला कार्यक्षेत्र रहेको छ भने ८० वटा सेवा केन्द्र र करिव २ लाख सदस्यहरु रहेका छन् ।