- रन्जित परियार
बुट्टावारी ।
झापा बिर्तामोड–६ को बुट्टाबारी युनाइटेड क्लबले बालगृहका बालबालिकाहरुलाइ भोजन खुवाउने कार्यक्रम सम्पन्न गरेको छ । अर्जुनधारा–११ मा रहेको बन्दी सहायता नेपालद्वारा सञ्चालित बालगृहका ३० जना बालबालिका र अन्य गरि ५० जनालाई एक छाक भोजन गराएको हो ।
बालबालिकाहरुका अभिभावकहरु कारागारमा कैद भुक्तान गरिरहेका र आफ्ना परिवारसँग रमाइलो तीज मनाउन नसकिरहेको अवस्थालाई रमाइलो बनाउन स्थानीय क्लबको उत्तरदायित्व रहेको क्लबका अध्यक्ष रबिन राइले बताए । उनले फुटबल आयोजना गरि हजारौं दर्शकको मनोरञ्जन र हाइहाइ पाएपनि सामाजिक उत्तरदायित्व बहन गर्नु युवाहरु र खेलाडीको कर्तव्य भएको भन्दै मसिना चेलीबेटी र बालबालिकाहरु बिच उनीहरुको मुहारमा हासो ल्याउन र अभिभावक हामी पनि हौ भन्ने उदेश्य अनुसार जुनकीरी बिद्यालय र बन्दी सहायता नेपालका बालबालिकाहरुलाइ खाना, मिठाई, फलफूल आदि खुवाएको क्लबका अध्यक्ष राईको भनाइ थियो ।
बालगृहमा रहेका बालबालिकाहरु प्रति बुट्टावारी कल्बले फुटबलको माध्यमले मनोरञ्जन जनचेतना मात्र नभएर सरसफाइ, स्वास्थ्य सेवासँगै बालबालिकाहरुलाइ तीज कार्यक्रम गरि बालबालिकाहरुलाइ मुहार हसिलो बनाउने कार्य गरेको भन्दै प्रमुख आतिथि युवा सामाजिक ब्याक्तित्व आशिष बनले शुभकामनासहित आफेले सकेको बालबालिकाहरुलाइ सहयोग गर्ने बताए ।
कार्यक्रममा बन्दी सहायता नेपाल पूर्वाञ्चल अध्यक्ष जगतबहादुर मगर, सल्लाहकार राकेश पुरीले सस्थाप्रति देखाएको कार्यप्रति धन्यवाद व्यक्त गरेका थिए । कार्यक्रमको औचित्यमाथि प्रकाश सचिव राम बिष्टले पारेका थिए ।


















