चन्द्रगढी ।
झापाको भद्रपुर–९ स्थित केदारेश्वर शिव पान्चायान मन्दिरमा मंगलबार ध्वाज पुजन कार्यक्रम सम्पन्न भएको छ । जन कल्याण प्रतिष्ठानको एकल विद्यालय अभियान अन्तर्गत केदारेश्वर बाल पाठशालाको बार्षिक ध्वाज पुजन (गुरु दक्षिणा) कार्यक्रम सम्पन्न भएको हो ।
भद्रपुर नगरपालिका भित्रका प्रतिष्ठान अन्तर्गत सञ्चालित बाल पाठशालामा ध्वाज पुजनमा प्राप्त दक्षिणा भोटे कोशी–त्रिशुली नदीका बाढी पीडित राहत कोषमा जम्मा गरिने प्रतिष्ठानका प्रदेश सदस्य इश्वर पोखरेलले बताएका छन् ।
भद्रपुर नगरपालिकाका–१३ वटा केन्द्रमा बालबालिकाहरुलाइ सनातन धर्म, सस्कार र सस्कृतिका बारेमा जानकारी दिने उद्देश्यले बाल कक्षा सञ्चालन हुँदै आएको छ ।
जन कल्याण प्रतिश्ठानका प्रदेश सदस्य इश्वर पोखरेलको प्रमुख आतिथ्य रहेको कार्यक्रममा सञ्चारकर्मी राजु बराल र प्रतिष्ठानका जिल्ला प्रमुख आशा पोखरेलले शुभकामना मन्तब्य राखेका थिए ।
केदारेश्वर शिव पान्चायान मन्दिरका सचिव तथा एकल विद्यालय ग्राम समिति अध्यक्ष वीरेन्द्र मल्लको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत पार्वती मल्ल र सञ्चालन शालिग्राम नेपालले गरेका थिए ।


















