बिर्तामोड । 

झापाको बिर्तामोड नगरपालिका–४ केन्द्रीय कार्यालय रहेको नवदुर्गा कीर्तन मण्डलीले बाढी पीडितको सहयोगका लागि आर्थिक सहयोग गरेकोे छ । कीर्तन मण्डलीले बाढीपिडीत उद्धारको लागि भन्दै १० हजार १५५ रुपैयाँ प्रधानमन्त्री राहत तथा दैवी प्रकोप कोषमा जम्मा गरेको छ। 

संस्थाका अध्यक्ष श्यामलाल अधिकारीको अध्यक्षतामा बसेको बैठकले उक्त रकम जम्मा गर्ने निर्णय गरेको संस्थाका सचिव पुष्प बिमलीले जानकारी दिए। धार्मिक तथा सामाजिक गतिविधिमा अग्रणी भूमिका निर्वाह गर्दै आएको यस संस्थाले विभिन्न रचनात्मक कामहरु गर्दै आइरहेको छ। 

हिजो मात्रै बिर्तामोड–४ मा नै केन्द्रीय कार्यालय रहेको इन्द्रेणी महिला समाजले १० हजार ५५ सहयोग गरेको थियो । यस्तो माहन कार्य गरी सबै संघ संस्थालाई  प्रेरणा दिएको भन्दै संस्थाका  सल्लाहकार बासु दुलालले  आभार व्यक्त गरेका छन् । उनले सरकार र जनतालाई अफ्ठेरो परेको बेला सानो संस्था भएपनि दिल खोलेर सहयोग गरेको भन्दै प्रशंसासमेत गरेका छन् ।