बिर्तामोड ।
बिर्तामोड नगरपालिका–४ मा केन्द्रीय कार्यालय रहेको इन्द्रेणी महिला समाज झापाले भाद्र १० गते भोटेकोशीमा आएकोको विनाशकारी बाढीबाट ज्यान गुमाएका नेपाली तथा विदेशी नागरिकहरूप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ।
बेपत्ताहरूको चाँडोभन्दा चाँडो खोजी गर्न नेपाल सरकारसँग आग्रह गर्ने निर्णय समेत गरेको छ।संस्थाको कार्यसमितिको बैठकले उक्त विनाशकारी बाढीबाट भएको अपरणीय क्षतिलाई मलम लगाउने भन्दै प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा १० हजार ५५ रुपैयाँ सहयोग गरेको छ ।
आज नै नेपाल राष्ट्र बैंक मार्फत उक्त रकम जम्मा गरिएको संस्थाका सचिव खिलकुमारी मिश्रले जानकारी दिइन् । विगत लामो समयदेखि महिला हिंसाको विरुद्ध आफूलाई स्थापित गरेर अगाडि बढिरहेको यस संस्थाले सामाजिक क्रियाकलापहरू आयआर्जनका तालिमहरु र महिला सशक्तिकरण सम्बन्धी विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको छ। संस्थामा स्थापना कालदेखि नै संस्थाको अध्यक्ष इन्दु कटेल रहँदै आएकी छिन् ।


















