बिर्तामोड ।
सहकारी व्यवस्थापक क्लब झापाको अध्यक्षमा तीलकबहादुर कार्की निर्वाचित भएका छन् । आज (आइतवार) बिर्तामोडमा भएको क्लवको दोस्रो अधिवेशनले कार्कीको नेतृत्वमा नयाँ कार्य समिति चयन गरेको हो । समितिको उपाध्यक्षमा मानस सिटौला, महासचिवमा पर्वतराज चिमरिया र कोषाध्यक्षष्मा गंगा सापकोटा निर्वाचित भएका छन् ।
यसैगरी सदस्यहरुमा लीलाकुमारी भुजेल, राजकुमार बराल, सरोज मेहरा, किशोर गुरागाँई, विवेक राई, भूमिनाथ बरालनिर्वाचित भएका छन् । २ बर्ष कार्यकाल रहने समितिमा तीन जना सदस्य मनोनित गरिने बताइएको छ ।
झापामा सहकारी व्यवसाय र सहकारी अभियानलाई मजबुत र प्रभावकारी बनाउने उद्देश्यले स्थापना गरिएको सहकारी क्लबको चौथो बार्षिक साधारण सभा, दोस्रो निर्वाचन तथा अभिमूखिकरण कार्यक्रम बिर्तामोडमा सम्पन्न गरेको हो । सहकारीप्रति समुदायको नकारात्मक भावनालाई सकारात्मकमा परिणत गर्दै झापाली सहकारी अभियानलाई दिगो र भरपर्दो बनाउन गैर नाफामुखी सहकारी व्यवस्थापक क्लव स्थापना गरिएको थियो ।
सोही कार्यक्रमकाबिच अभिमूखिकरण कार्यक्रमसमेत गरिएको क्लवकी कोषाध्यक्ष तुलसा कुँवरले जानकारी दिइन् । अभिमूखिकरण कार्यक्रमको सहजीकरण स्वर्ण लक्ष्मी साकोस दमकका व्यवस्थापक राजकुमार बरालले गरेका थिए ।
क्लबका अध्यक्ष खोमप्रसाद बगालेको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय सहकारी बैंकका अध्यक्ष तथा क्लवका सल्लाहकार लक्ष्मीप्रसाद उप्रेतीको प्रमुख आतिथ्य रहेको थियो । उद्घाटन सत्रको कार्यक्रममा अध्यक्ष बगालेले क्लवको सांगाठानिक प्रतिवेदन प्रस्तुत गरेका थिए । उनले क्लवको लक्ष्य तथा उदेश्य, झापामा सहकारी अभियानको अवस्था, क्लवले गरेका कार्यहरु साथै आगामी बर्षका प्रस्तावित योजनाहरु प्रस्तुत गरेका थिए ।
कार्यक्रममा प्रमुख अतिथि उप्रेती, विशिष्ठ अतिथि जिल्ला बचत तथा ऋण सहकारी संघ झापाका अध्यक्ष युवराज गिरी, झापा जिल्ला सहकारी संघका उपाध्यक्ष तथा क्लवका निर्वाचन समितिका संयोजक नारायणप्रसाद भट्टराईले शुभकामना मन्तव्य राखेका थिए ।
क्लवका सदस्य तीलकबहादुर कार्कीले स्वागत गरेको कार्यक्रममा क्लवको आर्थिक प्रतिवेदन प्रस्तुत तथा कार्यक्रमको सञ्चालन क्लवका सदस्य पर्वत चिमरियाले गरेका थिए ।
कार्यक्रममा राष्ट्रिय सहकारी बैंक धुलावारी शाखा प्रमुख प्रेम श्रेष्ठ, दमक शाखा प्रमुख अर्जुन कार्की, झापा जिल्ला सहकारी संघकी ब्यवस्थापक सन्जु देवान, जिल्ला बचत तथा ऋण सहकारी संघकी व्यवस्थापक कोपिला बजगाँई, क्लवका महासचिव सन्तोषकुमार श्रेष्ठसहित क्लवका सदस्यहरुको उल्लेखिय उपस्थिति रहेको थियो ।
प्रतिक्रिया 0