शनिश्चरे ।
सञ्चारकर्मी बिष्णुकुल श्रेष्ठलाई पितृशोक परेका छ । नेपाल पत्रकार महासंघ झापाका सदस्य तथा एवी वान टेलिभिजनमा कार्यरत सञ्चारकर्मी श्रेष्ठका पिता ९९ बर्षीय रामबहादुर श्रेष्ठ (जमुने साइला) को आज (बिहीवार) दिनको १२ः४५ बजे अर्जुनधारा–२ स्थित निजी निवासमा निधन भएको हो ।
६ भाई छोरा मध्ये साइला छोरा मोहनको मृत्यु भइसकेको पारिवारिक स्रोतले जनाएको छ । स्व. श्रेष्ठका तीन जना छोरी रहेका छन् । स्व. श्रेष्ठका छोरा तथा बुहारीहरु नारायण र शान्ती, निर्मल र करुणा, चन्दन र अनु, बुद्ध र सन्जु छन् भने कान्छा छोरा बिष्णु र पूजा हुन् । साइली बुहारी निर्मला र छोरीहरु पुष्पा, रुकमणि र कौशिला रहेका छन् ।
स्व. श्रेष्ठका करिव १४ जना नातीनातिनि, २ जना पनाती, पनातिनी र एक जना जनाती रहेको पारिवारिक स्रोतले जनाएको छ । स्व. श्रेष्ठको पार्थिक शरिर भोलि शुक्रवार कनकाई माई आर्यघाटमा बिहान १०ः३० बजे दाहसंस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ ।


















