झापा ।
नेपालमा ठूला नदीहरुमा वर्षासँगै पानीको बहाव बढेर तह पार गरेकोले सतर्कता रहन आग्रह गरिएको छ । सुनकोशी, बुढीगण्डकी र महाकाली नदीले सतर्कता तह पार गरेकाले सावधानी अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।
सुनकोशी नदी अन्तर्गत सिन्धुलीको खुर्कोट, बुढीगण्डकी नदी अन्तर्गत गोरखाका आरुघाट र महाकाली नदी अन्तर्गत डडेलधुराको महाकाली नदीमा बाढी आएको महाशाशाले जनाएको छ ।
अहिले नदीमा पानीको बहाव स्थिर रहेको र सावधानी अपनाउन महाशाखाको आग्रह छ । महाशाखाले बाढीको जोखिम कायमै रहेकाले नदी किनारका क्षेत्रमा रहेका बासिन्दालाई सावधानी अपनाउन भनेको हो ।
आज पनि देशको हिमाली भूभाग तथा बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको पनि मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

















