झापा । 

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको र मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा केही उत्तर तथा पूर्वमा सरदर स्थान कै आसपास रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल देशभर साधारणतया बादल लागेको छ । बागमती, गण्डकी लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा तथा कोशी प्रदेशको थोरै स्थानमा मध्यम सम्मको वर्षा भैरहेको छ। कोशी प्रदेशको तराई क्षेत्रमा हावा चलिरहेको छ । 

आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ । देशको हिमाली भूभागका केही तथा पहाडी भूभागका धेरै स्थानमा मेघगर्जन/चट्याङ्गसहित मध्यमसम्म वर्षा/हिमपातको सम्भावना छ । बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागका केही स्थानमा तथा मधेश प्रदेश साथै कोशी प्रदेशका तराई भू-भागका थोरै स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्म वर्षाको सम्भावना छ। देशको हिमाली भू-भाग तथा बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भू-भागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ  । 

आज राति देशभर साधारणतया बादल लाग्नेछ । देशका हिमाली र पहाडी भूभागका केही स्थानमा मेघगर्जन/चट्याङ्गसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ। देशका तराई भूभागका थोरै स्थानमा स्थानमा मेघगर्जन/चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना छ। कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली भूभागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।