बिर्तामोड । 

लायन्स क्लव अफ बिर्तामोड स्मार्ट लेडीले एकै दिन दुई वटा सामाजिक कार्य गरेको छ । क्लवले आज (मंगलबार) एउटा मृगौला पिडीतलाई आर्थिक सहयोग साथै पोसिलो खानेकुरा, औषधि र कपडा दिएको  छ भने अर्को सुकुम्वासी टोलका महिलाहरुलाई पोसिलो खानेकुरा र कपडा वितरण गरेको हो । 

मृगौला फेल भएर झापाको बिर्तामोडस्थित पूर्वाञ्चल क्यान्सर अस्पतालमा डायलाइसिस गराइरहेकी बुद्धशान्ति–२ जयपुरकी ४१ बर्षीया सुनिता परियारलाई लायन्सका सदस्यहरुले संकलन गरेर नगद २० हजार रुपैयाँ आर्थिक सहयोेग गरेको लायन्स क्लव अफ बिर्तामोड स्मार्ट लेडीकि अध्यक्ष सरु भुर्तेल खनालले जानकारी दिइन् । 

अध्यक्ष सरुका अनुसार बिर्तामोेड–५ स्थित सुकुम्वासी टोलका महिलाहरुलाई हरितालिका तीजको अवसर पारेर पोसिलो खानेकुरा र कपडा पनि वितरण गरिएको छ । महिलाहरुलाई बिशाल स्टोेरका चन्द्र र मिना प्रसाईले उपलब्ध गराएको कपडा वितरण गरिएको अध्यक्ष सरुले बताइन् । 

स्मार्ट लेडीकी अध्यक्ष सरु भुर्तेल खनालको अध्यक्षतामा भएको संक्षिप्त कार्यक्रममा  जी.इ.टी.डिष्ट्रिक्ट को–अर्डिनेटर लायन मनोज बस्नेतको प्रमुख आतिथ्य रहेको थियो ।  

कार्यक्रमममा रिजन चियर पर्सन मन्जु उप्रेती, शर्मिला जोशी, जोन चियर पर्सन यसोदा उप्रेती, डा. राजेश नारायण कपाड, व्यङ्ग पत्रकार ज्ञानमणि भुर्तेल, डिजास्टर चिफ कमला बोहोरालगायत लायन्सका सम्पूर्ण सदस्यहरुको उपस्थिति थियो ।

कार्यक्रम औचित्यमाथि  प्रकाश पार्दै स्वागत अध्यक्ष सरुले गरेको कार्यक्रममा प्रमुख अतिथि बस्नेत, डा. कपाडले कार्यक्रमको प्रसंसा गर्दै धन्यवाद ज्ञापन गरेका थिए । कार्यक्रमको सहजीकरण बीएण्डसी हस्पिटलका प्रोग्राम को–अर्डिनेटर गोबिन्द खनालले गरेका थिए ।  पोसिलो खाद्यन्न तयार आर.सि. कुटानी पिसानिकि प्रोपाराइटर कविता ओलीले गरेकी थिइन् । कार्यक्रमको सञ्चालन क्लबकी शिला भट्टराई बरालले गरेकी थिइन्।