बिर्तामोड ।
झापा विर्तामोडस्थित बीएण्डसी मेडिकल कलेज टिचिङ्ग हस्पिटलले विरामीहरूको स्वास्थ्य सेवामा पहुँच सहज बनाउने तथा उपचारमा थप सहुलियत प्रदान गर्ने उद्देश्यले गत भदौ ११ देखि ३१ गतेसम्म विभिन्न विभाग अन्तर्गत विशेष ओ.पी.डी सेवा निशुल्क तथा विशेष छुट योजना सञ्चालनमा ल्याएको छ ।
अस्पतालले बिरामी तथा सेवाग्राहीको सुविधालाई प्राथमिकतामा राख्दै जनरल सर्जरी, युरोसर्जरी तथा न्युरोसर्जरी, पेडियाट्रिक्स (बालरोग) र स्त्री तथा प्रसूति रोग (Gynaecology & Obstetrics) विभागमा विशेष छुट तथा निःशुल्क ओ.पी.डी परामर्शको व्यवस्था गरेको हो ।
स्त्री तथा प्रसूति रोग (Gynaecology & Obstetrics) विभागअन्तर्गत निःशुल्क ओ.पी.डी परामर्श, सामान्य प्रसूति (Normal Delivery) तथा सिजेरियन सेक्शन (CS) को OT शुल्कमा ५० प्रतिशत छुट तथा स्त्रीरोग सम्बन्धी शल्यक्रियाको OT शुल्कमा २५ प्रतिशत छुट प्रदान गरिनेछ । त्यसैगरी, पेडियाट्रिक्स (बालरोग) विभाग अन्तर्गत निःशुल्क ओ.पी.डी परामर्श तथा जनरल बेड शुल्कमा ५० प्रतिशत छुटको व्यवस्था गरिएको छ ।
यस विशेष योजनाअन्तर्गत जनरल सर्जरी, युरोसर्जरी तथा न्युरोसर्जरी विभागमा बिरामीहरूले निःशुल्क ओ.पी.डी परामर्श प्राप्त गर्नुका साथै अपरेसन थिएटर (OT) शुल्कमा २५ प्रतिशत छुट प्राप्त गर्ने अस्पतालले जनाएको छ । यस विशेष योजनाबारे अस्पतालका प्रमुख जनसम्पर्क अधिकृत प्रोमिश गिरीले बिरामी तथा सेवाग्राहीलाई गुणस्तरीय स्वास्थ्य सेवा थप सहज र सहुलियतपूर्ण रूपमा उपलब्ध गराउने उद्देश्यले यो विशेष योजना ल्याइएको बताए ।
उनले भने ‘स्वास्थ्य सेवा प्रत्येक नागरिकको सहज पहुँचमा पुग्नुपर्छ भन्ने हाम्रो मूल उद्देश्य हो । बिरामी तथा सेवाग्राहीलाई उपचारका क्रममा आर्थिक भार केही हदसम्म कम गर्दै आवश्यक स्वास्थ्य सेवा समयमै लिन प्रोत्साहित गर्ने उद्देश्यले भदौ महिनाका लागि यी विशेष सुविधा ल्याएका हौं। सम्बन्धित विभागका सेवाग्राहीहरूले यस अवसरको अधिकतम लाभलिनुहुन हामी हार्दिक अनुरोध गर्दछौं ।’
अस्पतालका अनुसार, यो विशेष योजना २०८३ भदौ ११ गतेदेखि भदौ ३१ गतेसम्म मात्र लागू हुनेछ । निर्धारित अवधिभित्र सम्बन्धित विभागमा सेवा लिन आउने विरामीहरूले तोकिएका सुविधाहरू प्राप्त गर्न सक्नेछन् । बिरामीहरूको उपचारलाई थप सहज, पहुँचयोग्य तथा सहुलियतपूर्ण बनाउने उद्देश्यले सञ्चालन गरिएको यस विशेष सेवाले समुदायमा गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच विस्तार गर्न महत्वपूर्ण योगदान पुरÞ्याउने अस्पतालले विश्वास लिएको छ ।
अस्पतालले सम्पूर्ण सेवाग्राही तथा सर्वसाधारणलाई यस विशेष अवसरको लाभ लिन तथा आवश्यक स्वास्थ्य सेवा समयमै प्राप्त गर्न अनुरोध गरेको छ । बीएण्डसी मेडिकल कलेजमा विभिन्न रोगहरुको सफल उपचार तथा जटिल शल्यक्रिया सफलता साथ भइरहेको अस्पतालले जनाएको छ ।


















