बिर्तामोड । 

इन्द्रेणी महिला समाज झापाले संस्थाको छैठौं वार्षिक साधारण सभा तथा तीज मिलन कार्यक्रमसहित पाथिभरा माताको दर्शन गरेको छ । इलाम जिल्लाको कन्याममा सम्पन्न साधारण सभाको उद्घाटन सत्रको अध्यक्षता संस्थाका अध्यक्ष इन्दु कट्टेलको अध्यक्षतामा भएको थियो । 

कार्यक्रममा बिर्तामोड नगरपालिका–४ का वडाध्यक्ष राहुल शर्माको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा युवा समाजसेवी वासु दुलाल, नवदुर्गा किर्तन मण्डलीका अध्यक्ष श्यामलाल अधिकारी,  युवा व्यवसायी युवराज प्रसाईको आतिथ्य रहेको थियो । 

 प्रमुख अतिथि राहुल शर्मा, अतिथिहरु युवराज प्रसाई, श्यामलाल अधिकारी,  बासु दुलाललगायतले शुभकामना मन्तव्य  राखेका थिए ।  उद्घाटन सत्रको समापनसँगै बन्द सत्र सुरु भएको थियो । बन्द सत्रको अध्यक्षता संस्थाकी उपाध्यक्ष रेणुका दुलालले  गरेकी थिइन् ।  बन्द सत्रको सहजीकरण युवराज परसाईले  गरेका थिए ।  । साधारण सभाले ०८२÷ ८३ को आर्थिक प्रतिवेदन पारित गरेको छ । आगामी वर्ष ०८३÷८४ को निम्ति वार्षिक कार्यजना पारित गरेको छ। भने लेखा परीक्षणको समेत नियुक्ति गरेको छ। सामाजिक न्याय महिला हक अधिकार र न्यायको पक्षमा विगत ६ वर्षदेखि निरन्तर क्रियाशील सामाजिक संस्थाको रुपमा आफूलाई स्थापित गर्न सफल संस्थाको रुपमा इन्द्रेणी महिला समाज झापा रहेको छ।

युवा नेता बासु दुलालले संस्थाले निरन्तर समाज रूपान्तरणको अभियानमा सामाजिक मूल्य मान्यताको पक्षमा र महिला अधिकारको पक्षमा गरेको उल्लेख गर्दै कामको प्रशंसा गरेका थिए । प्रमुख अतिथि राहुल शर्माले संस्थाले गरेका कामको सन्दर्भमा खुसी व्यक्त गर्दै बिर्तामोड नगरपालिका–४ मा  स्थापित संस्थालाई  बिर्तामोड–४ वडाले सक्ने सहयोग वचन बद्धता व्यक्त गरेका थिए । उद्घाटन सत्रको सञ्चालन संस्थाका सचिव खिलकुमारी दाहालले गरेकी थिन्।