बिर्तामोड ।
लायन्स क्लव अफ बिर्तामोड स्मार्ट लेडीले देवनीया विश्रान्ति घाटमा बृक्षारोपण तथा इटा हस्तान्तरण गरेकोे छ । बिर्तामोड स्मार्ट लेडीको आयोजनामा आज (शनिवार) देवनीया विश्रान्ति घाटमा बृक्षारोपण तथा इटा हस्तान्तरण गरिएको हो ।
लायन्स क्लव अफ बिर्तामोड स्मार्ट लेडीकी अध्यक्ष सरु भुर्तेल खनालको अध्यक्षतामा भएको कार्यक्रममा जि.इ.टी. मनोज बस्नेतको प्रमुख आतिथ्य रहेको थियो । धुपी तथा बिभिन्न जातका ५० वटा फलफूलका विरुवा हस्तान्तरण गरिएको अध्यक्ष सरुले जानकारी दिइन् ।
देवनीया विश्रान्ति घाटका सदस्य राजन खरेललाई धुपीसहित बिभिन्न फलफूलका ५० वटा विरुवा हस्तान्तरण गरिएको थियो भने रिजन चियर पर्सन मन्जु उप्रेती तथा प्रकाश उप्रेती एक ट्याक्टर इटा उपलब्ध गराएको र सो इटा पनि हस्तान्तरण गरेको बताइएको छ ।
कार्यक्रममा जि.एम.टी. डम्बरबहादुर थापा (साजन), न्यू भ्वाइस क्लव एक्टेन्सन पार्वता गिरी, रिजन चियर पर्सन शर्मिला जोशी, जोन चियर पर्सन यशोदा उप्रेती र भूवन खतिवडा, फष्ट भिपी गोमा मैनाली खड्का, सेकेन्ड भिपी पुनम उप्रेती, सदस्य कमला अग्रवाल र स्वेता उप्रेतीलगायतको उपस्थिति रहेको थियोे । सहजकर्ताका रुपमा ब्याङ्य पत्रकार ज्ञानमणि भुर्तेल रहेका थिए ।


















