झापा ।
वैदेशिक रोजगार विभागले साउन महिनामा मात्रै ७ करोड ८१ लाख रुपैयाँभन्दा बढी क्षतिपूर्ति असुल गरेको जनाएको छ । डिजिटल उजुरी प्रणाली अनलाइन पोर्टलमार्फत प्राप्त उजुरी व्यवस्थित रूपमा कार्यान्वयनमा लगिएको भन्दै विभागले अब आकर्षक तलबको प्रलोभनमा हुने ठगी निरुत्साहित हुने जानकारी दिएको छ ।
वैदेशिक रोजगारमा म्यानपावर कम्पनी र अनधिकृत एजेन्टका सम्बन्ध कसिलो भएपनि प्रमाण पु¥याउन कठिनाइ हुने, ठग्ने व्यक्तिले नगद लिएर र प्रमाण नदिनेजस्ता धेरै चुनौती रहेकोे पनि विभागले बताएको छ ।
विभागमा वैदेशिक रोजगार व्यवसायीले उजुरी फरकफारकमा तीव्रता दिएका कारण उनीहरूविरुद्धका उजुरी घट्दै गएको नेपाल वैदेशिक रोजगार व्यवसायी संघका वैदेशिक रोजगार विभाग समन्वय समितिका संयोजक लक्ष्मण पौडेल बताउँछन् । युरोपेली मुलुक, अस्ट्रेलिया, क्यानडा, अमेरिका, न्युजिल्यान्ड र कोरियामा पठाइदिने भन्दै ठगीको प्रवृत्ति बढेको बताइएको छ ।


















