बिर्तामोड ।
पूर्वी नेपालको पर्यटन तथा आतिथ्य क्षेत्रमा सक्रिय होटल हिकोला हेरिटेज प्रालिले १२ वर्षे यात्रा पूरा गरी १३ औँ वर्षमा प्रवेश गरेको छ । १३ औँ वर्ष प्रवेशको अवसरमा होटलले आज साहित्य, संगीत, कला र पर्यटनलाई जोडेर विशेष कार्यक्रम आयोजना गरेको हो ।
कार्यक्रममा होटल हिकोला हेरिटेजका सञ्चालक तथा प्रबन्ध निर्देशक देवीभक्त श्रेष्ठले होटलको १२ वर्षे यात्रा, उपलब्धि, चुनौती तथा आगामी योजनाबारे जानकारी गराउँदै होटललाई साथ र सहयोग गर्ने ग्राहक, कर्मचारी, शुभेच्छुक तथा विभिन्न क्षेत्रका व्यक्तित्वप्रति आभार व्यक्त गरे।
कार्यक्रममा साहित्य चौैतारी झापा नेपालकी उपाध्यक्ष उर्मिला विमली श्रेष्ठ तथा संस्थाका सहसंरक्षक एवं महासचिव गौरव श्रेष्ठको समेत सहभागिता रहेको थियो । होटल हिकोला हेरिटेज प्रालिका सञ्चालक देवीभक्त श्रेष्ठले पर्यटनसँगै साहित्य, संगीत र कलालाई जोडेर पूर्वी नेपालको मौलिक संस्कृति तथा पर्यटन सम्भावनालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउने अभियानलाई आगामी दिनमा थप प्रभावकारी बनाउने बताए ।
उनले पर्यटनले देशलाई समृद्ध बनाउने भएकाले सरकाले पर्यटन व्यवसायीहरुलाई संरक्षण गर्नुपर्ने बताए । कार्यक्रममा विभिन्न गीत, कविता, नाटक तथा सांगीतिक र साहित्यिक प्रस्तुति प्रस्तुत गरिएको थियो । साथै उक्त कार्यक्रममा संस्थाका कार्यक्रम संयोजक हिम्मत नेम्बाङले पर्यटन प्रवर्धनमा मुर्तीकलाको भुमिका सम्बन्धी कार्यपत्र प्रस्तुत गरेका थिए ।
वार्षिकोत्सवको अवसरमा होटलको यात्रामा योगदान पु¥याउने उत्कृष्ट कर्मचारी, सेवाग्राही तथा ग्राहक, विशिष्ट अतिथि, सहयोगी व्यक्तित्वसँगै साहित्य, संगीत र कला क्षेत्रका व्यक्तित्वलाई सम्मान गरिएको थियो । कार्यक्रममा सरगम संगीत विद्यालयका सञ्चालक तथा स्रस्टा दीपक रायमाझी तथा चर्चित गायिका जुनु गौतमलगायतलाई सम्मान गरिएको थियो ।
१३औँ वर्ष प्रवेशसँगै होटलले सेवा गुणस्तर, स्वच्छता, अतिथिसत्कार तथा ग्राहक सन्तुष्टिलाई प्राथमिकता दिँदै स्थानीय कला–संस्कृति र पर्यटन प्रवद्र्धनका कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ । होटल हिकोला हेरिटेजको औपचारिक शुभारम्भ २०७२ साल भदौ ४ गते तत्कालीन पर्यटनमन्त्री कृपाले गर्नुभएको थियो । १२ वर्षको अवधिमा होटलले आतिथ्य सेवासँगै पूर्वी नेपालको पर्यटन, रोजगारी तथा स्थानीय कला–संस्कृतिको प्रवद्र्धनमा योगदान गर्दै आएको जनाएको छ । कार्यक्रमममा नेपाल पत्रकार महासंघ झापाका उपाध्यक्ष सुव्रत न्यौपानेले पर्यटन प्रवर्धनमा सञ्चारमाध्यको भुमिकाका बारेमा स्पष्ट पारेका थिए ।
कार्यक्रममा संस्थाका निवर्तमान अध्यक्ष हस्त परिया, सल्लाहकार अनिरुद्र ओली, सल्लाकार संयोजक राजेन्द्र संग्रौला, पर्यटन कार्यालय काँकरभिट्टाका पदाधीकारी, विभिन्न संघ संस्थाका प्रतिनिधि, सञ्चारकर्मी लगायतको उपस्थिती रहेको थियो । कार्यक्रमको संञ्चालन संस्थाका सचिव तुलसी निरौलाले गरेका थिए ।
प्रतिक्रिया 0