हल्दीवारी । 

झापाको हल्दीवारीमा स्थानीय तहको समग्र विकासमा पत्रकारिताको भूमिका बिषयक अन्तरक्रिया कार्यक्रम भएको छ । ग्रामिण प्रेस क्लव झापाको आयोजना तथा हल्दीवारी गाउँपालिकााको सहकार्यमा आज (आइतवार) हल्दीवारी–२ स्थित नेपाल रेडक्रस सोटाइटीको कार्यालयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो । 

ग्रामिण प्रेस क्लवका अध्यक्ष नेत्र विमलीको अध्यक्षतामा भएको कार्यक्रममा हल्दीवारी गाउँपालिकाका अध्यक्ष रबिन्द्रप्रसाद लिङ्देनको प्रमुख आतिथ्य रहेको थियो भने प्रमुख प्रशासकीय अधिकृत मानबहादुर बन (महेन्द्र) र नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीको बिशिष्ठ आतिथ्य रहेको थियो । 

कार्यक्रममा सम्बोधन गर्दै कार्यक्रममका प्रमुख अतिथि लिङ्देनले पत्रकारितालाई जिम्मेवार बनाउनु पर्नेमा जोड दिए । उनले पत्रकारिताका माध्यमबाट सामाजलाई सकारात्मक सन्देश दिनु पर्नेमा कतिपय बिषयमा नियतको पत्रकारिता हुने गएको बताए । कसैले सामाजिक सञ्जालको माध्यमबाट कसैमाथि आक्षेप लगाए तयसको यर्थात नबुझी त्यसलाई नकारात्मक टिप्पणी गर्ने पनि हाम्रै नजिकका भएको उनको भनाई थियो । 

कार्यक्रममा बिशिष्ठ अतिथि नेपाल पत्रकार महासंघ झापा अध्यक्ष गिरीले बुम बोकेर हिड्ने र भिडियो सामाजिक सञ्जालमा राख्ने सवै पत्रकार नहुने बताए । उनले भ्रामण सूचना प्रवाहले पत्रकारिताको विश्वसिनियता गुम्ने भएकाले सत्य, तथ्य र निपक्ष समाचार सम्प्रेसण गर्नुपर्नेमा जोड दिए । आमसञ्चार माध्यम र सामाजिक सञ्जालमा फरक भएको बताउँदै अध्यक्ष गिरीले सामाजिक सञ्जालमा आउने भ्रामक र तथ्यहिन सूचनाबाट जोगिएर पत्रकारिता गर्न सवैमा पत्रकारहरुलाई आग्रह गरे । 

हल्दीवारी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर बन (महेन्द्र)ले झापामा अन्य जिल्लाको तुलनामा अनुशासित पत्रकारहरु भएको बताएका छन् । उनले धेरै सरकारी कार्यालय र पालिकामा काम गर्दाको अनुभवमा झापामाा केही अपवाद बाहेक अधिकांश अनुशासित पत्रकारहरु भएको पाएको बताए । धेरै सरकारी कार्यालयमा रहँदा नालायक पत्रकारहरुको पनि सामाना गरेकोे बताउँदै बनले झापाका पत्रकारहरुले पत्रकारिताको धर्म र मर्म बुझेर निपक्ष पत्रकारिता गरेको बताएका हुन् । 

कार्यक्रमको औचित्यमाथि प्रकाश तथा स्वागत क्लवका अध्यक्ष विमलीले गरेको कार्यक्रमको सञ्चालन क्लववका महासचिव हैकम घिसिङ र सदस्य लोेकेन्द्र थपलियाले संयुक्त रुपमा गरेका थिए । कार्यक्रममा हल्दीवारी गाउँपालिकाका बिभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरुले पालिका र पत्रकारिताका बिषयमा उठाएका सवालको जवाफ महासंघ झापाका अध्यक्ष गिरी र प्रमुख प्रशासकीय अधिकृत बनले दिएका थिए ।