बिर्तामोड ।
झापा जिल्ला बचत संघ सम्मान भएको छ । नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ लि.(नेफ्स्कून) ले कोशी प्रदेश भरीको उत्कृष्ट भएको भन्दै झापा जिल्ला बचत संघलाई इटहरीमा आयोजित समारोहकाबिच आज (आइतवार) सम्मान गरेको हो । झापा नेफ्स्कूनको ३९ औं स्थापना दिवसका अवसरमा संघलाई सम्मान गरेकोे बताइएको छ ।
नेफ्स्कूनले समुदायमा सञ्चालित बचत तथा ऋण सहकारीमार्फत जीवनस्तरमा परिवर्तन ल्याउन पुर्याएको योगदानको कदर गर्दै ब्यक्ति, संघ र संस्थालाई पुरस्कृत तथा सम्मान गर्दै आईरहेको छ । यसै क्रममा संघको नीति अनुसार आर्थिक बर्ष २०८२/०८३ का लागि झापा जिल्ला बचत संघलाई नेफस्कून संघ उत्प्रेरणा सम्मान गरेको होे ।
उक्त सम्मान संघका अध्यक्ष युवराज गिरी, व्यवस्थापक कोपिला बजगाँई, संघकी निवर्तमान उपाध्यक्ष तथा हालकी सल्लाहकार चन्द्रा खड्का भट्टराईले ग्रहण गरेका छन् । उक्त सम्मान कोशी प्रदेश सहकारी रजिस्टार भूपदेव खनालले हस्तान्तरण गरेका थिए ।


















