बिर्तामोड ।
झापाको बिर्तामोड नगरपालिका–४ स्थित लालीगुराँस टोलमा सञ्चालित नवदुर्गा कीर्तन मण्डलीको चौथो वार्षिक साधारण सभा सम्पन्न भएको छ । मण्डलीको साधारणसभा गत श्रावण २५ गते सोमबार झापाको शिवसतासी धाममा सम्पन्न भएको हो ।
किर्तन मण्डलीका अध्यक्ष श्यामलाल अधिकारीको अध्यक्षतामा भएको इन्द्रेणी महिला समाजका अध्यक्ष इन्दु कट्टेलको प्रमुख आतिथ्यरहेको थियो। संस्थाका सचिव पुष्पराज बिमलीले सञ्चालन गरेको उक्त कार्यक्रममा जेष्ठ सदस्यहरूलाई सम्मान गरिएको थियो।
जेष्ठ सदस्यहरु देशमाया राई, मोहनकुमार शिवाकोटी, दिलकुमारी शिवाकोटी, टंकमाया अधिकारी, गोविन्द दुलाल, रेणुका दुलालसहित संस्थामा अभिछिन्न क्रियाशील भई महत्वपूर्ण भूमिका खेल्ने दम्पत्ती जयन्द्र पौडेल र खगमाया पौडेललाई समेत सम्मान गरिएको थियो।
साधारण सभाले संस्थाको नयाँ कार्यसमिति पनि चयन गरेको छ। निर्वाचित कार्य समितिमा अध्यक्षमा श्यामलाल अधिकारी, उपाध्यक्षमा, पूर्णप्रसाद मैनाली, सचिवमा पुष्पराज बिमली, सह–सचिवमा रेणुका दुलाल, कोषाध्यक्षमा दीपा सुवेदी पौडेल र सह–कोषाध्यक्षमा कल्पना भट्टराई चयन सर्वसम्मत चयन भएका छन् ।
यस्तै सदस्यहरूमा निर्मला कटेल, शोभा राजवंशी, कृष्णमाया चुँडाल, युवराज प्रसाई, सरस्वती थापा र अप्सरा कटेल चयन भएका छन्। संस्थाले पाँच सदस्य सल्लाहकार समिति चयन गरेको छ। सल्लाहकार समितिको संयोजकमा समाजसेवी बासु दुलाल छन् भने सदस्यहरूमा इन्दु कटेल, खिलकुमारी मिश्र, खगमाया पौडेल र मोहन शिवाकोटीरहेका छन् ।


















