काँकरभिट्टा ।
हालै सम्पन्न भएको ‘अल नेपाल यू ट्वान्टी टु च्याम्पियनसीप’ प्रतियोगितामा आइरन बक्सिङ क्लब मेचीनगरका खेलाडी प्रतिक गौतमले दोस्रो स्थान हासिल गरेका छन् ।
उनले ५५ केजीको तौल समुहबाट प्रतिनिधत्व गर्दै दोस्रो स्थान प्राप्त गर्न सफल भएका ह्न् । हेटौंडामा मे ३० तारिक सम्पन्न प्रतियोगितामा उनले दोस्रो स्थान हासिल गरेका थिए ।
फाईनल झापाका प्रतिक गौतम र धरानका सिंहवीर लिम्बू बिच भएको थियो । प्रतिक गौतम झापाबाट प्रतिनिधित्व गर्ने खोलाडी हुन् । गौतम मेचीनगर नगरपालिका–७ का स्थायी बासिन्दा हुन् ।


















