बिर्तामोड ।
स्वदेशी उत्पादनको प्रवद्र्धन तथा नेपाली कृषकले उत्पादन गरेका वस्तुको बजारीकरण गर्ने उद्देश्यले युटर्न इन्टरनेशनल प्रालिले झापा अर्जुनधारामा सेवा विस्तार गरेको छ । प्रालिले झापाको अर्जुनधारा–११ बिर्तामोडस्थित बसपार्कमा युटर्न अर्जुनधारा सेवा केन्द्रमार्फत आज (आइतवार) बाट सेवा शुरु गरेको हो ।
अर्जुनधारा सेवा केन्द्रको उद्घाटन प्रालिका मार्केटिङ डाइरेक्टर, मार्केटिङ बिज्ञ तथा प्रशिक्षक, सामाजिक एवं परोपकारी व्यक्तित्व अर्जुन गिरीलगायतले रिवन काटेर औपचारिक रुपमा गरेका छन् । अर्जुनधारा डिपो प्रमुख पुष्पा गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कम्पनीका प्रतिनिधि, बजार विक्रेता, सेवाग्राही तथा विभिन्न सेवा केन्द्रबाट प्रत्यक्ष लाभ लिइरहेका व्यक्तिहरूको सहभागिता थियो ।
उद्घाटन कार्यक्रममा सम्बोधन गर्दै प्रमुख अतिथि गिरीले स्वस्थ शरीर नै मानिसको सबैभन्दा ठूलो सम्पत्ति भएकाले उपभोक्ताको स्वास्थ्यलाई प्राथमिकतामा राखेर गुणस्तरीय, अग्र्यानिक तथा केमिकलरहित सामग्रीको प्रयोगमा जोड दिदै सेवा केन्द्रमा सञ्चालनमा आएको बताए । उनले युटर्न इन्टरनेसनलले व्यवसायिक नाफालाई मात्र केन्द्रमा नराखी उपभोक्ताको स्वास्थ्य र हितलाई समेत प्राथमिकतामा राखेर उत्पादन तथा बजारीकरण गर्दै आएको दाबी गरे ।
युटर्न इन्टरनेशनलले नेपाली कृषक तथा स्थानीय उत्पादकबाट विभिन्न कृषिजन्य सामग्री खरिद गरी त्यसको बजारीकरण गर्दै आएको जनाएको छ । कम्पनीले मह तथा मौरीजन्य उत्पादन, जडीबुटीजन्य सामग्री, ब्युटी पार्लरका सामग्री, हाउसहोल्ड सामग्रीलगायत विभिन्न वस्तुसहितका ७० वढी प्रकारका सामाग्री उत्पादन तथा बिक्री–वितरण गर्दै आएको अर्जुनधारा डिपो हेड लिडर पुष्पा गुरुङले बताइन् ।
कम्पनीका अनुसार हालसम्म देशभर ६५ वटा डिपो सञ्चालनमा रहेका छन् । विसं २०७७ सालमा स्थापना भएको युटर्न इन्टरनेशनलले आन्तरिक उत्पादनलाई प्रोत्साहन गर्दै नेपाली कृषकले उत्पादन गरेका वस्तुलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारसम्म पु¥याउने गरेको जनाएको छ ।
उद्घाटन कार्यक्रममा अर्जुनधारा डिपोका प्रमुख दीर्घराज रैका मगरले स्थानीय उत्पादनको संरक्षण, प्रवद्र्धन र बजारीकरण गर्ने लक्ष्यका साथ अर्जुनधारामा सेवा केन्द्र विस्तार गरिएको बताए । यस्तै, अर्जुनधारा डिपो प्रमुख पुष्पा गुरुङले आफूले शिक्षण पेसा छाडेर युटर्न इन्टरनेशनलसँग आबद्ध भएको जानकारी दिइन् ।
स्वास्थ्य अवस्थालाई ध्यानमा राख्दै आवश्यकता अनुसार चिकित्सकको सल्लाहमा मात्रै बिरामीलाई उत्पादित सामग्री प्रयोग गर्न दिइने उनले स्पष्ट पारिन् । उनका अनुसार विद्यार्थी, जागिर खोज्ने वा गर्ने व्यक्ति, फ्रीलान्सर, साना व्यवसायी तथा आत्मनिर्भर बन्न चाहने घरेलु महिलाहरूका लागि कम्पनीसँग आबद्ध भएर काम गर्ने अवसर उपयोगी हुन सक्छ ।
कम्पनीले उत्पादन गर्दै आएको ‘हिमालयन चिया’मा २५ भन्दा बढी प्रजातिका जडीबुटी मिश्रण गरिएको जनाइएको छ । त्यस्तै ‘मधुरक्षक’ नामक हर्बल चिया तथा पाँच प्रकारका तुलसीबाट तयार गरिएको ‘पञ्च तुलसी’लगायतका उत्पादन पनि कम्पनीले बजारमा ल्याएको छ । कम्पनीले नेपाली कृषक तथा उत्पादकका वस्तुको प्रत्यक्ष बिक्री तथा बजारीकरणमार्फत आन्तरिक उत्पादनलाई प्रोत्साहन गर्ने लक्ष्य लिएको जनाएको छ ।
कार्यक्रममा कम्पनीका प्रतिनिधि, बजार विक्रेता तथा विभिन्न सेवा केन्द्रबाट प्रत्यक्ष लाभ लिइरहेका सेवाग्राहीहरूले युटर्नका उत्पादन तथा कम्पनीसँगको आफ्नो अनुभवका विषयमा धारणा राखेका थिए । कार्यक्रमको सहजीकरण अर्जुनधारा डिपोका प्रमुख दीर्घराज रैका मगरले गरेका थिए । बिर्तामोड बसपार्क परिसरमा सेवा केन्द्र सञ्चालनमा आएसँगै अर्जुनधारा तथा आसपासका उपभोक्ताले युटर्नका विभिन्न स्वदेशी उत्पादन तथा सेवामा सहज पहुँच पाउने अपेक्षा गरिएको छ ।
प्रतिक्रिया 0