झापा । 

झापा कनकाई नगरपालिका–४ कोटिहोमस्थित पूर्व पश्चिम रामजमार्गमा आज बिहान भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । सोमवार बिहान ६ः३० बजेको समयमा दमकबाट बिर्तामोडतर्फ आउँदै गरेको मे.१.च.५१०४ नम्बरको पिकअप गाडीले दक्षिणबाट उतरतर्फ बाटो क्रस गर्दै गरेको पैदलयात्री कनकाई–४ का अन्दाजी ७०–७५ बर्षीय प्रल्हाद शिवाकोटीलाई ठक्कर दिएको थियो । 

ठक्कटरबाट घाईतेको टाउको तथा शरिरको बिभिन्न भागमा चोट अवस्था बोल्न नसक्ने गम्भीर खबर प्राप्त हुना साथ तत्काल इलाका प्रहरी कार्यालय सुरुङ्गाको प्रहरी टोली घटना स्थलमा गएको थियो । 

 घाईतेलाई उपचारको लागि  प्रादेशीक अस्पताल भद्रपुर पठाईएको थियो भने पिकअप बालुवामा पसेकोले घटनास्थलमा रहेकोले जेसीबीको मद्दतले  निकाल्ने पहल भईरहेको छ । 

पिकअप चालक नामथर वतन नखुलेको साहु ईलामको सुर्योदय नगरपालिका–३  का ३३ बर्षीय अरुण शर्माले हाल स्वमले गाडी चलाई ल्याउँदै गरेकोको बुझिएको प्रहरीले जनाएको छ । घाइते शिवाकोटीको प्रादेशिक अस्पताल भद्रपुरमा ल्याएर डाक्टरले चेकजाँच गर्दा मृत्यु भइरहेको भन्दै मृत घोषणा गरेकोले उक्त लाश शव गृहमा राखिएको छ । घटनाका बिषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।