झापा ।
मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन् । उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले उनलाई भक्तपुरबाट पक्राउ गरेको हो ।
भक्तपुरका एसपी सुर्य खड्का नेतृत्वको प्रहरी टोलीले प्रसाईंलाई पक्राउ गर्न भक्तपुरको निकोसेरास्थित उनको घरमा पुगेको थियो । प्रसाईंले आइतबार दिउँसो पत्रकार सम्मेलन गरेर आन्दोलन गर्ने घोषणा गरेका थिए । आन्दोलनको घोषणा गरेसँगै प्रहरीले उनलाई पक्राउ गरेको हो । उनी राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक हुन् ।
प्रसाईंलाई पक्राउ गरिएको प्रहरीको उच्च स्रोतले पुष्टि गरेको छ । गत वर्ष जेनजी प्रदर्शन भन्दा अगाडी उनले काठमाडौँको तीनकुनेमा प्रदर्शन गरेका थिए । त्यसबेला दुई जनाको मृत्यु भएको थियो । प्रसाईं यसअघि पनि पटक पटक पक्राउ परेर छुट्दै आएका थिए ।
यसअघि जेठ ४ मा प्रहरीले उनलाई पर्साको वीरगन्जस्थित दियालो होटलबाट पक्राउ गरेको थियो । त्यसबेला प्रहरीले उनलाई सामाजिक सञ्जालमा अपशब्द बोलेको कसुरमा मुद्दा चलाएको थियो । प्रसाईंलाई पक्राउ गरेर जिल्ला प्रहरी परिसर भक्तपुरमा राखिएको छ । फाइल तस्वीर


















