बिर्तामोड । 

आगलागी पिडीतलाई लायन क्लव अफ बिर्तामोड सिटीले सहयोग उपलब्ध गराएको छ । केहीदिन अघि बिर्तामोड–५ स्थित डाँडागाउँ बस्तीमा अचानक भएको आगलागीमा पिडीत बनेका तीन परिवारलाई अति आवश्यक सामाग्री वितरण गरिएको लायन क्लव अफ बिर्तामोड सिटीका डिस्ट्रिक चिफ तथा पूर्व अध्यक्ष लायन घनश्याम चौधरीले जानकारी दिए । 

तीन दिन अघि बिहिबार बिहान अर्थात साउन १४ गते बिर्तामोड–५ स्थित डाँडा गाउँमा आगलागी भएर पीडित बनेका तीन परिवारलाई आज (आइतवार) राहत उपलब्ध गराएको हो । पीडित परिवारलाई दैनिक जीवनयापनमा सहयोग पुग्ने उद्देश्यले खाद्यान्न, लत्ताकपडा तथा अन्य अत्यावश्यक सामग्री हस्तान्तरण गरिएको बताइएको छ । 

आगलागी भएर ४ घर पूर्ण रुपमा जलेर ध्वस्त भएसँगैे लायन क्लव अफ बिर्तामोड सिटीका पूर्व अध्यक्ष लायन घनश्याम चौधरी, अध्यक्ष लायन संजय चौधरी, सह–सचिव मनोज रौनियार, डाईरेक्टर मनोज चौधरीलगायतले हिजो राती उक्त पिडित परिवारलाई भेटेर सहयोग गर्ने योजना बनाएका थिए । 

पिडीत तीन परिवारलाई मानवीय सेवा भावका साथ अति आवश्यक रासन, लत्ताकपडा, झुल, ३ जना साना स्कुले बालबालिकालाई बिद्यालय ब्याग तथा पोशाकलगायत सामाग्री हस्तान्तरण गरिएको हो । रासन अन्तरगत तीन परिवारलाई चामल, दाल, न्यूटला, नुन, चना, मुराई, चिउरा, आलु, प्याज साथै म्याटम्याक्सलगायतका अति आवश्यक सामाग्री प्रदान गरिएकोे हो । 

लायन क्लव अफ बिर्तामोड सिटीका अध्यक्ष लायन संजय चौधरी, पूर्व अध्यक्ष तथा डिस्ट्रिक चिफ घनश्याम चौधरी, न्यु भ्वाईस क्लब एक्सटेन्सन कोर्डिनेटर लायन पार्वता गिरी, पूर्व अध्यक्ष लायन रामेश्वर दिवेदी, सचिव राजकुमार साह, सह–सचिव मनोज रौनियार, डाइरेक्टर मनोजकुमार चौधरी, डाइरेक्टर कन्हैया भगत, डाइरेक्टर बिकी चौधरीलगायतले आज पिडीत परिवारकैमा पुगेर अतिआवशयक सामाग्री हस्तान्तरण गरेका हुन् ।