बुट्टाबारी ।
नेतृत्व बिकास तथा उदघोषण एवम् बक्तृत्वकला सम्बन्धि दुई दिने तालीम सम्पन्न भएको छ ।भ्वाइस अफ नेपाल झापा अर्जुनधारा–१० को आयोजनामा यहि श्रावण १६ र १७ तालीम सञ्चालन भएको हो ।
अर्जुनधारा वडा नम्बर ९ र १० का १६ बर्ष सम्मको विभिन्न निजि तथा सामुदायिक बिद्यालयका सयौं बालबालिकाहरुलाइ आफ्नो कक्षा, बाल क्लव वा सार्वजनिक कार्यक्रममा निर्धक्क आफ्नो कुरा राख्न सक्ने सीप प्रदान गर्न तालिम सञ्चालन गरिएको संयोजक सन्जिव गोम्देनले बताए ।
समाजमा देखिएको लागूपदार्थ प्रयोग कर्ता दिनानुदिन वृद्धि भैरहेको र यसबाट बालबालिकाहरुलाइ कसरी मुक्त गर्न सकिन्छ भनेर भ्वाइस अफ नेपालले अभिभावकहरुको सल्लाह अनुसार हप्तामा एक दिन उनिहरुको अतिरिक्त कार्यमा सहभागी गराइ जनचेतना जगाउन सरसफाइ, गायन, नृत्य, चित्रकला, नेतृत्व बिकास जस्ता कार्यमा सहभागी गराइ बालबालिकाहरुलाइ आपनत्व जगाउने र कुलत र मोबाइल हेरिरहने कार्यबाट टाढा राख्ने उदेश्यले यो सस्था स्थापना गरिएको अध्यक्ष सन्दिपसिंह गोम्देनले बताएका छन् ।
गत महिनामा अर्जुनधारा ९ को कालिस्थान माबि र श्री आधारभूत बिद्यालयमा विद्यार्थीहरुलाइ विभिन्न अतिरिक्त कार्यक्रम गरि बालबालिकाहरुको प्रतिभा पहिचान गरि पुरस्कार प्रदान गरिएको र यसै महिना बाल ज्योती आबि र जुनकीरी सार्वजनिक आबिमा विभिन्न कार्यक्रम सन्चालन गरिने संयोजक गोम्देनले बताए।
दुई दिने नेतृत्व बिकास तालीमको सहजीकरण जुनकीरी सार्वजनिक आधारभूत बिद्यालय अर्जुनधारा ११ का प्रधानाध्यापक रन्जित परियारले गरेका थिए ।


















