बिर्तामोड ।
झापाको बिर्तामोडमा भएको मेन्स हेयर ग्रुमिङ प्रतियोगिता सिजन–१ को उपाधि हेटौंडाका सुसन लामाले जितेका छन् । झापामै पहिलो पटक आयोजना गरिएको प्रतियोगिताको फिनाले शनिवार बिर्तामोडमा भएको थियो । प्रतियोगितामा भएको प्रतिस्पर्धाबाट फष्ट रनरअफ काठमाडौका गणेश चौधरी भए भने सेकेन्ड रनरअफ चितवनका विकाश राना भए ।
प्रथम, दोस्रो र तेस्रो हुनेले क्रमश नगद ५० हजार, नगद २५ हजार र नगद १५ हजारसहित प्रमाणपत्र र आकर्षक गिफ्ट हेम्परहरु प्राप्त गरेका छन् । यसैगरी हेयर बेष्ट कलर क्रियटिभिटीको उपाधि पनि काठमाडौका गणेश चौधरीले नै हात पारे । उनले १२ हजार ५ सय रुपैंयाँ बराबरको गिफ्टहेम्पर जिते । त्यस्तैे बेष्ट भिडियो क्रियटर चितवनका मिलन गुरुङ भए उनले गिफ्ट हेम्पर प्राप्त गरे ।
बिजेताहरुलाई कार्यक्रमका प्रमुख अतिथि बिर्तामोड उद्योग बाणिज्य संघका अध्यक्ष राजु न्यौपाने, प्रतियोगिताका निर्णय चर्चित हेयर स्टालिस्ट निलडेभिड कटुवाल, राम गुरुङ र सरोज थापा, आयोजक संस्था राजश्री सप्लायर्सका सञ्चालक राजकुमार साह, एसटी युनिसेक्स सैलुजका सञ्चालक सुमन ठाकुर, राजश्रीका प्रोप्राइटर धर्म साहले पुरस्कार, प्रमाणपत्र र गिफ्टहेम्परहरु प्रदान गरेका थिए ।
बार्बर तथा हेयर आर्टिस्टहरुको प्रतिभाहरुलाई राष्ट्रिय स्तरमा चिनाउने, नयाँ अवसर सिर्जना गर्ने तथा नेपालको ग्रुमिङ उद्योगलाई थप ब्यवसायीक र प्रतिस्पर्धात्मक बनाउने उद्धेश्यले बिर्तामोडका राजश्री सप्लार्यस र एसटी युनिसेक्स सैलुनको संयुक्त आयोजनामा प्रतियोगिता गरेका हुन् ।
गत असार १ गतेदेखि शुरु भएको प्रतियोगितामा देशभरका ६० जना प्रतियोगी सहभागी भएका आयोजक राजकुमार साहले जानकारी दिए । अनलाइन मार्फत गरिएको प्रतियोगितामा सहभागीहरुले फेसबुक, टिकटक, इस्ट्राग्राम, युटुव जस्ता सामाजिक सञ्जालहरुमा आफ्ना प्रतिभाहरु प्रस्तुत गर्दै विभिन्न चरण फिनालेका लागि १० जना प्रतियोगी छनौट भएका थिए । उनीहरु बीच शानिबार बिर्तामोडमा प्रत्यक्ष रुपमा प्रतिस्पर्धा भएको थियो ।
प्रतियोगिता सम्पन्न गर्न अनुमाति ९ लाख रुपैंयाँ खर्च भएको र स्थानीयतहसहित विभिन्न संघ–संस्थाको सहयोगमा प्रतियोगिता सम्पन्न गरिएको हो । फिनाले प्रतियोगिताको सञ्चालन स्वस्तिका आचार्य र जेम्स खतिवडाले संयुक्त रुपमा गरेका थिए । कार्यक्रमममा बिभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरुको उल्लेखिय उपस्थिति रहेको थियो ।


















