बिर्तामोड । 

झापाको बिर्तामोड–२ स्थित चारपानेमा मुख्य कार्यालय रहेको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले आगलागीबाट प्रभावित आफ्ना शेयर सदस्यलाई राहत उपलब्ध गराएको छ । दुई दिन अघि बिहिबार बिहान बिर्तामोड ५ स्थित डाँडा गाउँमा आगलागि भएर पीडित बनेका तीन जना शेयर सदस्यलाई संस्थाले आज शनिबार राहात उपलब्ध गराएको हो । 

पीडित परिवारलाई दैनिक जीवनयापनमा सहयोग पुग्ने उद्देश्यले खाद्यान्न, लत्ताकपडा तथा अन्य अत्यावश्यक सामग्री हस्तान्तरण गरिएको संस्थाका कार्यकारी प्रमुख महेन्द्र कुमार गिरीले जानकारी दिए । संस्थाको इमरजेन्सी रेस्पोन्स सेन्टर (ईआरसी) अन्तरगत सन्तोषी सहारा महिला समुह नम्बर ३१६  कृष्णकुमारी ढकाल, बिजुलीसरी राजवंशी र तारा राजवंशीलाई आज घरमै पुगेर खाध्यन्न, लत्ताकपडा सहित अत्यावश्यक सामाग्री प्रदान गरिएको संस्थाको बिर्तामोड अनुगमन अधिकृत घनश्याम रायले जानकारी दिए । 

आपत्त बिपत्तको समयमा गरिब तथा दुःखि कसैले पनि दुई छाक खान र आधारभुत आवश्यकताबाट बन्चित हुनु नपरोस भनेर संस्थाको कार्यकारी प्रमुख महेन्द्रकुमार गिरीको परिकल्पनामा स्थापनामा गरिएको (ईआरसी) अन्तरगत सदस्यलाई सहयोग उपलब्ध गराईएको रायले बताए । 

संस्थाले तत्काल अत्यावश्यक राहत प्याकेज अन्तरगत चामल, दाल, तेल, बल्याङकेट, मेट्रेस, त्रिपाल, झुल, भाँडाकुंडा एक सेट, राईस कुकुर, प्राथमिक सहायता सामाग्री   उपलब्ध गराएको संस्थाको बिर्तामोड शाखा प्रमुख सागर ओझाले जानकारी दिए । विपद्को समयमा सदस्यको साथमा उभिनु सहकारीको सामाजिक उत्तरदायित्व भएको  सहारा नेपाल साकोस बिपत्त ब्यवस्थापन उप समिति संयोजक हेमराज खड्काले बताए । 

राहत प्राप्त गरेपछि पीडित परिवारले कठिन परिस्थितिमा सहयोग गरेकोमा सहकारी तथा सहयोगी सबैप्रति आभार व्यक्त गरेका छन्। राहत हस्तानतरण कार्यक्रम कर्मचारी दुर्गाप्रसाद बिक गहतराज सहित अन्यको उपस्थिति रहेको थियो । 

सहकारीले आगामी दिनमा पनि सदस्यहरूको सुख–दुःखमा साथ दिँदै आवश्यक सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ। सुकुम्बासी बस्तीमा रहेको सो स्थानमा विद्युत सर्ट भएर सो आगलागी भएको आशंका गरिएको छ ।  आगलागीबाट अन्दाजी ६० लाख बढीको  क्षति भएको प्रहरीले जनाएको छ ।