झापा । 

नेपाल भलिबल संघको अधिवेशन मंसिरमा हुने भएको छ । संघको शुक्रबार काठमाण्डौमा सम्पन्न १४औं केन्द्रिय समितिको बैठकले सो निर्णय गरेको हो । बैठकमा केन्द्रिय अधिवेशन मंसिरमा गर्ने गरी निर्णय गरे पनि मिति भने पछि तय गर्ने गरिने भएको बैठकमा सहभागि केन्द्रिय उपाध्यक्ष याम बहादुर गुरूङले  जानकारी दिए ।

संघका अध्यक्ष जितेन्द्र बहादुर चन्दको अध्यक्षतामा सम्पन्न बैठकले जिल्ला अधिवेशनहरु असौज ५ गते भित्र र प्रदेश संघका अधिवेशन तथा गठन प्रक्रियाहरु असौज १५ गते भित्र सम्पन्न गर्ने गरी तय गरेको छ । बैठकले जिल्ला र प्रदेश अधिवेशनको मिति समेत तय गर्दै संयोजकसहितको पाँच–पाँच सदस्यीय समन्वय समिति गठन गरेको छ ।

madan

बैठकले कोशी प्रदेशका १४ वटै जिल्ला र प्रदेशको अधिवेशन सम्पन्न गर्न संघका उपाध्यक्ष मदन खड्काको संयोजकत्वमा पाँच सदस्यिय समिति गठन गरेको छ । जसको सह–संयोजमा महसचिब  रोशन श्रेष्ठ,  सदस्य  सचिब विनोद  सुवेदी,   सदस्य प्रबिन श्रेष्ठ,  सदस्य  डम्बर लिम्बु   रहेका छन् । 

यसैगरी मदेश प्रदेश संयोजक सचिव फिरोज खान, सह–संयोजक रामाशंकर चौधरी, बाग्मती प्रदेश संयोजक गौतमप्रसाद लासिवा, सह–संयोजक युवराज श्रेष्ठ र श्रीरमा बोगटी, गण्डगी प्रदेश संयोजक यामबहादुर गुरुङ, सह–संयोजक श्रीधर शर्मा, लुम्बीनी प्रदेश संयोजक भीम ओली, सह–संयोजक झकबहादुर मिथुन, कर्णाली प्रदेश संयोजक सोमबहादुर श्रेष्ठ (मंगल) सह–संयोजक श्यामकृष्ण श्रेष्ठ, सुदुरपश्चिम प्रदेश संयोजक हरकसिंह धामी र सह–संयोजक भरतबहादुर शाह रहेका छन् । यसैगरी बैठकले संघको २०८३/०८४ को बार्षिक कार्यक्रमहरु पनि सार्वजनिक गरिएकोे छ । 

बैठकले नेपालमा नै काभा महिला च्याम्पियनसिप आयोजना गर्ने गरी मिति समेत तय गरेको छ । काभा महिला च्याम्पियनसिप नोभेम्वर १ देखि ७ तारिख सम्म आयोजना हुनेछ । त्यस्तै बैठकले महासचिब रोशन श्रेष्ठ र कोषाध्यक्ष श्याम कृष्ण श्रेष्ठले प्रस्तुत गरेको प्रतिवेदन समेत पारित गरेको छ ।