बिर्तामोड ।
झापाको बिर्तामोड–५ मा बिगत २१ बर्षदेखि गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्दै आएको कन्काई हस्पिटलमा बिरामीको चाप वढदै गएको छ । गुणस्तरीय सेवा, अनुभवी चिकित्सक, आधुनिक प्रविधि, सवैका लागि सर्व शुलभ सेवा प्रदान गर्दै आएको कन्काई हस्पिटलले नयाँ भवनबाट सेवा दिन थालेपछि दैनिक रुपमा विरामीको चाप बढ्दै गएको हो ।
आर्थिक अभावका कारण उपचारमा समस्या भएका बिरामीहरुलाई पनि सर्वसुलभ र विशेष छुट दिने गरेकाले पनि सर्वसाधरण विरामीको रोजाईको हस्पिटल कन्काई बन्दै गएको छ । कन्काई हस्पिटलमा आएका बिरामीले सर्वसुलभ मुल्यमै उपचार सेवा पाउने भएकाले पनि बिरामीको घुइँचो लाग्ने गरेको छ ।
हस्पिटलमा स्पाइन सर्जन, अर्थपिडिक सर्जन, जनरल ल्याप्रोस्कोपिक सर्जन, गाइनेकोलोजी, रुमेटोलोजी, हेपाटोलोजी, सर्जन, पेडियाट्रिक, कार्डियोलोजी, रेडियोलोजी, एनेस्थेटिक, फिजियोल, एनआईस्यूलगायतका सेवा उपलब्ध रहेका हस्पिटलका अध्यक्ष युवराज डाँगीले जानकारी दिए । अध्यक्ष डाँगीका अनुसार हस्पिटलमा मेरुदण्ड हाडजोर्नी, स्त्री तथा प्रसूति, बाथ, जनरल सर्जरी, मुटुरोग मानसिक, नवजात तथा बालरोग, नाक, कान, घाँटी, यौन तथा छाला रोग लगायतका अन्य थुप्रै विभिन्न उपचार सेवाहरुका रहेका छन् ।
यस्तै झापामै डा. लभराज लोहनीले दैनिक रुपमा बाथरोग सेवा दिदै आएका छन् भने डा. रबिन रेग्मी र केशव मण्डलले बालरोग सेवा प्रदान गर्दै आएका छन् । हस्पिटलले बिभिन्न अवसरमा ओपिडी सेवा निःशुल्क तथा उपचार र परीक्षण सेवामा समेत विशेष छुट दिने गरेको छ ।
अस्पतालले सिटी स्क्यान मेसिन खरिद प्रक्रिया अघि बढाइसकेको बताउँदै अध्यक्ष डाँगीले बिरामीको सहजताका लागि चारतले भवनमा आधुनिक लिफ्ट जडान गरी छिट्टै सञ्चालनमा ल्याइने बताए । हस्पिटलमा लागू औषध प्रयोगकर्ता बिरामीको पनि सफल उपचार हुने गरेको उनको भनाई छ ।
हस्पिटलले बिर्तामोड–६ बुट्टाबारीस्थित आफ्नै जग्गामा अत्याधुनिक सुविधा सम्पन्न नयाँ अस्पताल भवन निर्माण गरेर सेवा विस्तार गर्ने तयारी समेत गरेको अस्पताल सञ्चालक समिति सदस्य खेमराज बानिया जानकारी दिए ।


















