बिर्तामोड । 

लायन क्लव अफ बिर्तामोड स्मार्ट लेडीले सामुदायिक कुकुरलाई खाना खुवाएको छ । स्मार्ट लेडीले झापााको बिर्तामोड आसपासका बिभिन्न स्थानका ४५ वटा सामाुदायिक कुकुरहरुलाई खाना खुवाएको अध्यक्ष सरु भुर्तेल खनालले जानकारी दिइन् । बिर्तामोड बजार क्षेत्रसहित आसपासका ४५ वटा सामाुदायिक कुकुरलाई मासुभात खुवाएको बताइएको छ ।

उक्त कार्यक्रममा लायन क्लवका डिस्ट्रिकचिफ(एओजी) सत्यनारायण शर्मा, स्मार्ट लेडीकी फष्ट भिपी गोमा मैनाली, सेकेण्ड भिपी पुनम उप्रेती, कोषाध्यक्ष निर्जला उप्रेती, सह–कोषाध्यक्ष बन्दना उप्रेती, सदस्य लीला दंगाललगायतको उपस्थिति रहेको थियो । शर्माले विगत सात वर्षदेखि सामुदायीक कुककुरहरुलाई खाना खुवाईरहेको बताइएको छ । 

यसैगरी स्मार्ट लेडीले आँखादान घरदैलो अभियान पनि सुरु गरेको छ । गत साउन ११ गतेदेखि घर–घरमा गएर स्वैच्छिक रुपमा आफ्नो मृत्युपछि आँखादान गर्नेहरुको घर–घरमा गएर अभियान सञ्चालन गरिदै आएको अध्यक्ष सरुले बताइन् ।

अध्यक्ष सरुका अनुसार आँँखादान अभियान अन्तरगत ९० बर्षीया प्रेमकुमारी बोहोरा,९३ वर्षिया डम्बरकुमारी भट्टराईसहित ६ जनाले आँखादान गरिसकेका छन् भने एक सय आँखादान पूरा भएपछि मेची आँखा अस्पताललाई फारम हस्तान्तरण गरिनेछ ।