झापा । 

झापाको विर्तामोड नगरपालिका–५ पुरानो भद्रपुर रोडमा आज (बिहीवार) बिहान भएको आगलागीमा तीन वटा घर जलेर नष्ट भएको छ भने अन्य दुई वटा घरमा आंशिक क्षति पुगेको छ । सोही स्थानका गणेश पोखरेलको काठको दुई तले घरबाट आज बिहान ४ः१५ बजेको समयमा अचानक आगलागी सुरु भएको थियो । 

उक्त जानकारी पाउना साथ इलाका प्रहरी कार्यालय अनारमनी र शनिश्चरे वेस क्याम्पबाट सशस्त्र प्रहरीको टोलीले विर्तामोड, भद्रुपुर र मेचीनगर नगरपालिकाको दमकल र स्थानिय सहयोगमा आगो बिहान ५ः४० बजे नियन्त्रणमा आएको थियो । 

बिधुत सर्टका कारण भएको आगलागीबाट नजिकै रहेका अन्य दुई वटा घरमा समेत आगो सल्किएको थियो । गणेश पोख्रेलको टिनको छानो भएको काठको २ तले घर पूर्ण रुपमा जलि नष्ट भएको छ भने सोही स्थानका तारा अर्याल को टिनको छानो भएको एक तले घर र सुन्दर राजवंशीको टिनको छानो भएको एक तले घर पूर्ण रुपमा जलि नष्ट भएको  छ । 

यसैगरी सोही स्थानका भरत पोख्रेलको टिनको छानो भएको एक तले घर आंशिक क्षती,  दिपेन्द्र कुमार ओलीको २ तले पक्की घरको दोस्रो तलाको झ्यालमा सामान्य क्षति भएको छ । क्षतिको विवरण भने आउन बाँकि रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।