झापा। 

झापाको देउनिया खोलाको पुलमुनि बेवारिसे शव फेला परेको छ । आज (मंगलबार) साँझ ६ बजे बिर्तामोड– भद्रपुर रोडअन्तर्गत बिर्तामोड -८ स्थित देउनिया पुलमुनि बेबारिसे शब फेला परेको हो । 

मृत्यु हुने व्यक्तिलाई हिजोदेखि सोही  स्थानमा सुतेको अवस्थामा स्थानीयले देखेका थिए ।

इलाका प्रहरी कार्यालय अनारमनीको प्रहरी टोली गएर मुचुल्का उठाएको जनाइएको छ ।