झापा ।
देशभर मनसुनी वायूको प्रभाव रहेकोसाथै हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।जसको प्रभावले कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बादल लागेको छ, बाँकी प्रदेशमा आंशिक बादल लागेको छ ।
आज दिउँसो देशको हिमाली र पहाडी भू(भागमा साधारणतया बादल लाग्नेछ र तराई भू–भागमा आंशिक बादल लाग्नेछ । देशका हिमाली र पहाडी भू–भागका केही स्थानमा मेघगर्जनरचट्याङ्गसहित मध्यमसम्मको वर्षा÷हिमपातको सम्भावना छ। बागमती र गण्डकी प्रदेशका तराई भू–भागका थोरै स्थान तथा कोशी, मधेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागका एक–दुई स्थानमा मेघगर्जन÷चट्याङ्गसहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।
आज राति देशको हिमाली र पहाडी भू–भागमा साधारणतया बादल लाग्नेछ । बागमती र गण्डकी प्रदेशका तराई भू(भागमा पनि साधारणतया बादल लाग्नेछ । कोशी, मधेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागमा आंशिक बादल लाग्नेछ । बागमती र गण्डकी प्रदेशका धेरै स्थानमा, कोशी, मधेश र लुम्बिनी प्रदेशका केही स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन÷चट्याङ्गसहित मध्यमसम्मको वर्षाको सम्भावना छ। बागमती र गण्डकी प्रदेशका पहाडी र हिमाली भू–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशखाले जनाएको छ ।


















