झापा ।
झापााको बिर्तामोडबाट लागूऔषधसहित दुई जना पक्राउ परेका छन् । बिर्तामोड नगरपालिका–२ त्रिसुली चोकमा लागूऔषध कारोबार भईरहेको भन्ने गोप्य सुचनाको आधारमा इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको हो ।
गएराति ११ बजेको समयमा गएको प्रहरी टोलीले बुझ्दा टिनले बाह्रेको स्थानमा बिर्तामोड–२ का २४ बर्षीय प्रवेश सहनीको ग्वालीमा उनी र सोही स्थानका २५ बर्षीय किरण शर्मालाई चेकजाँच गरेको थियो ।
चेक जाँच गर्ने क्रममा उनीहरुको साथबाट प्रतिबन्धित लागूऔषध अर्थात ब्राउन सुगर जस्तो देखिने पदार्थ प्लाष्टिक बाहेक २ ग्राम ८४० मिलिग्रामसहित दुवै जनालाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय अनारमनीमा ल्याई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।


















