झापा ।
झापाको बिर्तामोड नगरपालिका–५ स्थितदेउराली होटलको कोठा नम्बर ४०४ बाट लागूऔषधसहित एक भारतीय नागरिक पक्राउ परेका छन् ।
लागू औषध बेचबिखन भईरहेको भन्ने सुचनाको आधारमा इलाका प्रहरी कार्यालय अनारमनी र लागू औषध नियन्त्रण ब्युरो शाखा कार्यालय काँकरभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले भारतको पश्चिम बंगाल राज्य दार्जिलिङ जिल्ला खोरिबारी ग्रामथान पंचायतका ३४ बर्षीय कमल बर्मनलाई पक्राउ गरेको हो ।
होटलको कोठामा बसिरहेका बर्मनलाई शुक्रवार साँझ ५ बजेको समयमा चेकजाँच गर्दा उनको साथबाट लागू औषध ब्राउनसुगर जस्तो देखिने लिसाईलो पदार्थ प्लास्टिक बाहेक ३१ ग्राम १७० मिलिग्राम फेला परेको प्रहरीले जनाएको छ ।
उक्त लागू औषधसहित उनलाई नियन्त्रणमा लिएर इलाका लाका प्रहरी कार्यालय अनारमनीबाट थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।


















