झापा । 

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) झापाको नयाँ नेतृत्व चयन भएको छ । आज विर्तामोडमा सम्पन्न जिल्ला भेलाले निगेस श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो । नवगठित समितिको उपाध्यक्षमा भिजन चेम्जुङ, सचिवमा मन्जु चिमरिया, उप–सचिवमा अभिषेक मिश्र र अशोक भण्डारी तथा कोषाध्यक्षमा सुरज श्रेष्ठ चयन भएका छन् । 

यसैगरी समितिको सदस्यहरूमा सितल अधिकारी, गंगाराम खतिवडा, तुलसा खनाल, इश्वर रिजाल, सौगात गौतम, हितेश गुरागाई, गौरव लुइँटेल, वन्दना चुडाल, पूर्णिमा पराजुली, अश्विन धिताल, जोमर अलि र निकेस भट्टराई रहेका छन् ।अनेरास्ववियुका कोशी प्रदेश इञ्चार्ज प्रविन कार्कीले नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई पद तथा गोपनीयताको सपथ ग्रहण गराएका थिए ।

अनेरास्ववियु झापाका जिल्ला अध्यक्ष मदन ओलीको अध्यक्षतामा सम्पन्न सो भेलामा प्रमुख अतिथि कोशी प्रदेश इञ्चार्ज प्रविन कार्की,  एमाले केन्द्रीय सदस्य मनोज ताम्लीले नयाँ कार्यसमितिलाई बधाई तथा सफल कार्यकालको शुभकामना मन्तव्य व्यक्त गरेका थिए । 

भेलामा नेकपा एमाले झापाकी उपसचिव अनिता कन्दङ्वा र विद्यार्थी इञ्चार्ज समर्पण खतिवडा लगायतका नेता तथा कार्यकर्ताहरूको  उपस्थिति रहेको थियो । नेकपा एमाले झापाले आफ्ना सबै जनवर्गीय संगठनहरू आगामी भदौ महिनाभित्र पुनर्गठन गर्ने योजना अनुरूप यो जिल्ला भेला सम्पन्न गरेको हो ।