काँकरभिट्टा । 

गृहमन्त्री सुधन गुरुङले झापााको मेचीनगरस्थित जोरसिमलमा रहेको सशस्त प्रहरी चेक पोष्ट हटाउन निर्देशन दिएका छन् ।  कोशी प्रदेशका विभिन्न जिल्ला अनुगमन गर्ने क्रममा गएराति झापा आइपुगेका गृहमन्त्री गुरुङले पूर्वी नाका काँकरभिट्टाको अनुगमनका क्रममा जोरसिमल चेक्ट पोष्ट हटाउन प्रमुख जिल्ला अधिकारी र  प्रहरी प्रमुखलाई ठाडो निर्देशन  दिएका हुन् । 

गृहमन्त्री गुरुङले ‘नाकामा टाइट गर्नु , यो पोष्टै आजै हटाउनु’  भने ।   उनले मुख्य नाकालाई टाइट पार्न प्रहरी प्रशासनलाई निर्देशन दिदै उक्त चेकपोष्ट आजैबाट हटाउन निर्देशन दिएका छन् । 

आइतवारसाँझ मोरङ बिराटनगर–७ कोशी अस्पतालबाट गृहमन्त्री गुरुङ बागमती बीएसी २६२० नम्बरको स्कोरपिओ गाडीमा झापा जिल्लातर्फ प्रस्थान गरेका थिए । 

उनी राति ९ः५६बजे अर्जुनधारा नगरपालिका–११ स्थित सालबारी हेरिटेज रिसोर्टमा राति सोही रिसोर्टमा बास बसेका थिए । गृहमन्त्री छड्केमा निस्किने भएपछि झापामा सुरक्षा निकायलाई अलर्टमा राखिएको छ । सुरक्षा निकायलाई खबर नगरी उनी छड्के अनुगमनमा जाने क्रममा जोरसिमल चेकपोष्ट हटाउन निर्देशन दिएका हुन् ।