शनिश्चरे । 

भारती बन्धु एकता समाज नेपालले दुःखमा रहेको र आर्थिक अवस्था एकदमै नाजुक  भएको भारती बन्धु परिवारलाई सहयोगको अपिल गरेकोे छ । झापाको अर्जुनधारा नगरपालिका८, स्थित हात्तिकिल्लामा रहेको भारती परिवारलाई सहयोगको याचाना गरेको होे । समाजले सम्पूर्णसहित भारतीय बन्धुहरुलाई दुःखको यस घडीमा सहयोगको अपिल गरेकोे छ । 

२०४५ साल भाद्र १० गते पाँचथर जिल्ला, साविक नागी–४ मुकुलुङमा जन्मीएका स्वर्गीय टेक बहादुर भारती बाल्यकालमै (करिब ३ वर्षको उमेरमा) सपरिवार भारतको मणिपुर पुगेका थिए ।  त्यसपछि उनले आसामको डिपु धनश्रीलाई आफ्नो कर्मथलो बनाई कृषि कर्मलाई नै जीवनको आधार मानेर अथक परिश्रमका साथ आफ्नो जीवनका उर्जाशील वर्षहरू बिताए।

उनले अम्बर बहादुर रेग्मी र नरमाया रेग्मीकी सुपुत्री भिम माया रेग्मीसँग वैवाहिक सम्बन्धमा बाँधिएर एक सुखी र सभ्य परिवार निर्माण गरेका थिए । आफ्ना पुर्खाको माटोप्रतिको गहिरो माया र लगावका कारण उनी २०८१ साल वैशाख महिनामा पुनः मातृभूमि फर्किएर  झापा जिल्ला, अर्जुनधारा नगरपालिका–८, हात्तिकिल्लामा स्थायी रूपमा बसोबास गर्न थालेका थिए । 

तर, नियतिको कठोर खेलले मिति २०८३ साल वैशाख ८ गते उनको असामयिक निधन हुन पुग्यो। यस दुःखद घटनाले सम्पूर्ण भारती परिवारलाई अत्यन्त मर्माहत बनाएको छ। उनका एक छोरा र एक छोरी रहेका छन्।

हाल उनको परिवार अत्यन्तै कमजोर आर्थिक अवस्थामा रहेको छ। श्रीमती र साना नानीबाबुहरू अरूले बनाइदिएको टिनको सानो झुपडीमा आश्रय लिएर मृतकको काजक्रिया गर्न बाध्य भएका छन्। दैनिक जीवनयापन, बालबालिकाको शिक्षा, खानपान तथा उज्ज्वल भविष्य सबै अनिश्चित बनेको छ।

यो पीडा केवल एउटा परिवारको मात्र नभई सम्पूर्ण भारती परिवारको साझा दुःख भएको  भन्ने भावनाका साथ यस कठिन घडीमा सक्दो सहयोग सबैको मानवीय तथा नैतिक दायित्व सम्पूर्ण भारती बन्धु, आफन्त तथा सहयोगी मनहरूमा विनम्र भारती बन्धु एकता समाजका अध्यक्ष उमेश भारती र महासचिव बिमल भारतीले अनुरोध गरेका छन् । उनीहरुले आफ्नो क्षमता अनुसार सानो वा ठूलो जुनसुकै सहयोग गरी यस पीडित परिवारलाई सहारा दिन र सानो सहयोगले ती निर्दोष बालबालिकाको भविष्य उज्यालो बनाउन ठूलो योगदान पुग्ने पनि बताएका छन् । 

 दुःखमा परेको आफ्नै परिवारको घाउमा मलम लगाउने अभियानमा एकजुट बन्न सवैमा आग्रह समेत गरिएको छ । सहयोग गर्ने इच्छुक महानुभावहरूले आफ्नो क्षमता अनुसार सहयोग गरी यस परिवारलाई नयाँ आशा र भरोसा प्रदान गरिदिनुहुन अनुरोध गर्दै सानो सहयोगले एउटा परिवारको जीवनमा ठूलो परिवर्तन ल्याउन सक्ने समाजले जनाएको छ ।