बिर्तामोड । 

पर्यटन पत्रकार मञ्च झापाको अध्यक्षमा कमलप्रसाद पाण्डे  (बिनोद)  निर्वाचित भएका छन् । झापाको बिर्तामोडमा आज (शनिवार) भएको मञ्चको प्रथम अधिवेशनबाट पाण्डे अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका हुन् । 

नयाँ कार्यसमितिको उपाध्यक्षमा पुष्प बराल, सचिवमा हिमाल खरेल, सह–सचिवमा तीलक योन्जन, कोषाध्यक्षमा प्रकाश बानियाँ सर्वसम्मत निर्वाचित भएका छन् । 

यसैगरी सदस्यमा प्रेमकुमार आचार्य, बिष्णु श्रेष्ठ, निश्चल आचार्य र टीकाराम बास्तोला सर्वसम्मत निर्वाचित भएका निर्वाचन समितिका संयोजक अग्रज पत्रकार लीला बरालले जानकारी दिए ।

निर्वाचन समितिका सदस्य तथा नेपाल पत्रकार महासंघ झापाका उपाध्यक्ष सुव्रत न्यौेपानेले नयाँ कार्यसमितिको नामावली सार्वजनिक गरेका थिए ।