झापा । 

झापामा एकैदिन लागू औषध सेवनकर्ता तथा कारोवार गर्ने ४९ जना पक्राउ परेका छन् । बिहीवार बिहान १० बजेदेखि साँझ ६ बजेसम्म जिल्ला प्रहरी कार्यालय झापा, लागू औषध नियन्त्रण ब्यूरोको शाखा कार्यालय काकरभिट्टा तथा मातहत कार्यालयबाट खटिएको ‘स्वीप अप्रेशन’ अन्तरगत उनीहरुलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । 

झापा जिल्ला अन्तर्गत विभिन्न स्थानहरूमा स्वीप अप्रेशन गर्ने क्रममा शंकास्पद अवस्थामा हिड्डुल गर्ने लागू औषध सेवनकर्ताहरु ३७ जना पुरूष, १ जना महिला तथा लागु औषध खैरो हेरोईन जस्तो देखिने पदार्थ प्लाष्टिक बाहेक ५५ (पचपन्न) ग्राम ९५० (नौ सय पचास) मिलिग्राम सहित निम्न ११ जना गरी जम्मा ४९ जनालाई नियन्त्रणमा लिइएको हो । 

लागू औषध सेवनकर्ताहरूलाई मनोपरामर्श सेवा प्रदान गरी आवश्यकता अनुसार अभिभावकको जिम्मा लगाउने तथा पुनस्र्थापना केन्द्रमा पठाउने कार्य समेत भइरहेको छ । 

यसैगरी लागु औषधसहित ११ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा दमक–८ ब का ३२ बर्षीय ईन्द्रप्रसाद गिरी र रमक–७ निलकण्ठ टोलकी ३८ बर्षीया सन्जु खत्री, बिर्तामोड–२  का ३५ बर्षीय अनिल लुईटेल, भद्रपुर –७  का सुनिल धिमाल, मेचिनगर –१० का ३२ बर्षीय  अस्पात शेख, सोही स्थानका ३० बर्षीय गोरु भन्ने नसरु मिया र ६० बर्षीया अक्लिमा खातुन छन् । 

त्यस्तै पाँचथरको फिदिम –१२  का २४ बर्षीय हितेश तावाहाङ र फिदिम–५  का १९ बर्षीय निरोज तामाङ, इलाम चुलाचुली गाउँपालिका–३  का २६ बर्षीय बिवेक राई, अर्जुनधारा –६  का २६ बर्षीय प्रबिण श्रेष्ठ र बिर्तामोड –५. का २८ बर्षीय रोशन श्रेष्ठरहेका छन् । उनीहरुको अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।