झापा । 

झापाको कनकाई नगरपालिका–८ स्थित बिरिङ खोला आसपास ५ बर्याीया बालिका मृत अवस्थामा फेला परेकी छिन् । आज (शनिवार) बिहान १० बजेबाट हराएकी उनी दिनकाने ३ बजे मृत अवस्थामा फेला परेकी हुन् । 

कनकाई–१  का कुलबहादुर रसाईलीको छोरीसोनिया रसाईली हराई बेपत्ता भएकि थिइन् ।  आमा अमृता रसाईलीले अस्थाई प्रहरी पोष्ट  दुर्गापुरमा ३ बजे  मौखिक जानकारी प्राप्त हुना साथ अस्थाई प्रहरी पोष्ट  दुर्गापुरको प्रहरी टोलीले  खोज तलास शुरु गरेको थियो । खोजतलासकै क्रममा कनकाई–८ स्थित बिरिङ खोलाको पानीमा डुबेर मृत अवस्थामा फेला परेकी थिइन् । 

 उक्त स्थानमा इलाका प्रहरी कार्यालय अनारमनी कमाण्डमा क्इऋइ को सहितको टोली गएको, साँझ ५ बजे कानुनी प्रकृया पुरा गरी लाश पोमाको लागि प्रादेशीक अस्पताल भद्रपुर पठाईएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।