झापा । 

झापाको बिर्तामोड नगरपालिका–५ अन्नपुर्ण चोकमा घरबाट हाम्फालेर एक जनाको मृत्यु भएको छ । आज (शुक्रवार) अन्दाजी ५ः३० बजेको समयमा सोही स्थानकी ६५ बर्षीया गंगामुनी राजवंशीले घरबाट हाम्फाल्दा मृत्यु भएको हो । 

उनका श्रीमान ७२ बर्षीय घिरेन राजवंशीले घरायसी बिबादको कारण श्रीमतीको पेटमा फलामको रडले घोची घाईते बनाई उपचारको लागि बिर्तासिटी अस्पताल पठाएका थिए । उनको पेटमा चोट अवस्था बोल्न सक्ने मध्यम रहेको प्रहरीले जनाएको छ । 

सोही समयमा उनका श्रीमानले उक्त घरको ३ तला माथी गई हाम्फाली घाईते भई हात खुट्टा र टाउकोमा गम्भीर चोट लागेर उनी समेतलाई उपचारको लागि  बिर्तासिटी अस्पताल बिर्तामोडमा ल्याएर उपचार भईरहेकोमा ६ः४५ बजे उपचारको क्रममा श्रीमान  घाईते घिरेन राजवंशीको मृत्यु भएको बताइएको छ । थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।