बिर्तामोड ।
मानव अधिकार सञ्जाल झापा महिला माथी भएको अमानवीय र अपमानजनक घटनाको बिषयमा गम्भीर ध्यानाकर्षण भएको छ । सञ्चालको विर्तामोड नगरपालिका–२ स्थित चारपानेमा राजवंशी थरकी महिला माथी भएको अमानवीय र अपमानजनक घटनाको बिषयलाई लिएर गम्भीर ध्यानाकर्षण भएको हो ।
२०८३ ज्येष्ठ २९ गते अन्दाजी ६ः३० बजे बिर्तामोड–२ स्थित चारपानेमा एक महिलामाथि कालो मोसो दल्ने, सार्वजनिक अपमानको घटना भएको सञ्जाल बुझाई रहेको छ । नेपालको संविधानको धारा १६ मा सम्मान पूर्वक बाँच्न पाउने हक, धारा २२ यातना विरुद्धको हक र धारा ३८ मा महिलाको हकको गम्भीर उल्लंघन भएको सञ्जालको ठहर छ । कानुन हातमा लिएर भीडतन्त्रलाई प्रश्रय दिने यस्ता कार्य दण्डनीय अपराध भएको मानवअधिकार सञ्जाल झापा स्थानिय प्रशासन, प्रहरी निकायलाई स्पष्ट कार्यदिशासहित तत्काल कार्यान्वयन गर्न शिफारिस गरेको छ ।
सञ्जालका झापा अध्यक्ष डा. रुपकप्रसाद खनाल र सचिव दीपक दासले मंगलबार एक बिज्ञप्ति जारी गर्दै निष्पक्ष र दबाबमुक्त अनुसन्धान पक्राउ परेका आरोपीहरू माथि कुनैपनि राजनीतिक, सामाजिक वा आर्थिक दवावमा नपरी निष्पक्ष र प्रभावकारी अनुसन्धान गर्न माग गरेका छन् । जारी बिज्ञप्तिमा भनिएको छ थप दोषीको पहिचान गरी भीडमा संलग्न भई भिडियो खिच्ने, उत्तेजना फैलाउने र मतियारको भूमिका खेल्ने अन्य व्यक्तिहरूको पनि पहिचान गरी कानुनी दायरा ल्याउन र
विद्युतीय अपराधको रोकथाम र पीडितको अनुमतिविना र उनको अपमान हुने गरी सामाजिक सञ्जालमा फैलाइएका फोटोलाई अविलम्ब हटाईयोस । साथै यस्ता अमानविय घटना तथा क्रियाकलाप समाजमा पुनः नदोहरीनका लागि नागरीक समाज तथा सरोकार समुहहरुलाई मानवअधिकार सञ्जाल झापाले आग्रह तथा अनुरोधसमेत गरिएको छ ।


















