• रन्जित परियार

झापा । 

राष्ट्रिय स्वतन्त्र पार्टीकी पूर्व उपसभामुख एवम् सांसद इन्दिरा रानाले नेपालको प्राकृति विविधताबारे अन्तराष्ट्रिय मञ्चमा चिनमा सहभागी भएकी छिन् ।नेपालको प्रतिनिधित्व गर्दै चीनमा आयोजित द २०२६ फोरम अन ग्लोबल ह्युमन राइट्स गभर्नेन्स विषयक विश्व सम्मेलनलाई सम्बोधन गर्दै सांसद रानाले भनिन्, ‘ नेपाल असाधारण प्राकृतिक सौन्दर्यले भरिपूर्ण राष्ट्र हो । यसप्रति गर्व छ ।’

 पूर्व उपसभामुख समेत रहेकी रानाले नेपालमा ‘हरियो बन नेपालको धन’ भन्ने उक्ति नै रहेको सुनाइन् । यसले नेपालीहरूलाई वन संरक्षण गर्नमा मद्दत गर्नमा उत्प्रेरित गरिरहेको सुनाइन् ।

नेपाल, आकारमा सानो भए पनि, जैविक विविधतामा अविश्वसनीय रूपमा धनी रहेको उल्लेख गर्दै उनले थपिन्, ‘तराईको जंगलदेखि उच्च हिमालि क्षेत्र सम्म बाघ, एक–सिंगे गैंडा, रातो पाण्डा र हिउँ चितुवा जस्ता दुर्लभ र प्रतिष्ठित प्रजातिहरू पाइन्छन् ।’ हजारौं वनस्पति प्रजातिहरूले प्रकृति र जीविकोपार्जन एकसाथ अगाडि बढाइरहेको पनि रानाले बताइन् ।

प्रेरणादायी उदाहरणका रुपमा अन्नपूर्ण संरक्षण क्षेत्र परियोजनाको सन्दर्भ सुनाइन् । यसले वन संरक्षण र विकास कसरी सँगसँगै जान सक्छ भन्ने कुरामा नेपालको धारणा बताइन्।  उनले आफूले आफ्नै गाउँमा वा स्थानीय तहमा विकासले कसरी प्राकृतिक सन्तुलन परिवर्तन गर्न सक्छ भनेर अनुभव गरेको पनि सुनाइन्। विकास नीतिहरूले मानिस र प्रकृति बीचको सन्तुलन खोज्नुपर्नेमा उनको जोड छ ।

नेपाल सानो देश भए पनि जैविक विबिधतामा धनी देश हो यसलाइ सरकारको निति कार्यक्रममा पहिलो प्राथमिक दिनु पर्छ भन्दै मलाइ यस्तो राम्रो कार्यक्रममा सहभागी हुने मौका दिनु भएकोमा धन्यवाद व्यक्त गरेकि छिन् ।