बिर्तामोड । 

झापाको बिर्तामोड–३ स्थित मेहरमान बहुउद्देश्यीय कवर्ड हलमा आयोजित झापा जिल्ला स्तरीय खुल्ला पुरुष प्रथम मेयरकप ब्याडमिटन प्रतियोगिता २०८३ को ४५ बर्ष माथि उमेर समुहको उपाधि विष्णु तामाङ र देवन राईको टोलीले हात पारेको छ ।

त्यसैगरी दोस्रो उपाधि कुष्ण खड्का र राम अवतार घिमिरेको समुहले हात पारेको छ भने तेस्रो श्याम थापा, संजय भक्तराज, देवेन्द्र दुलाल र धनकुमार राईले हात पारेका छन् । प्रतियोगिताको पहिलो, दोस्रो र तेस्रो हुने खेलाडीहरुको समुहले क्रमश नगद २५ हजार, १५ हजार र १० हजार पुरस्कारसहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । 

खुल्ला ब्याडमिटन प्रतियोगिताको उपाधि प्रकाश राई र सुदेन राईको समुहले हात पारेको छ भने दोस्रो सरोज राई र सन्जिव राई र तेस्रो कृष्ण खड्का, चाडक्य पाठक, संजय भक्तराज र नविन सिलवालले हात पारेका छन् । उनीहरुलाई पनि क्रशम २५ हजार, १५ हजार र १० हजार नगद पुरस्कारसहित ट्रफि, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ । 

यसैगरी ११० उमेर समुह (२ जना गरेर) अन्तरगत गरेर सञ्चालन भएको आन्तरिक ब्याडमिटन प्रतियोगिताको उपाधि दिलेन्द्र कार्की र देवी कार्कीले हात पारेका छन् । दोस्रो गंगा फेदापे र नन्दहाङ लिम्बु, तेस्रो महेन्द्र घिमिरे, इन्द्रजित मुखिया, उमानाथ सिलवाल र रमेश प्रसाईको समुहले हात पारेको मेहरमान बहुउद्देश्यीय कवर्ड हलका सचिव तथा नेपाल भलिवल संघका केन्द्रिय बरिष्ठ उपाध्यक्ष मदन खड्काले जानकारी दिए ।

आन्तरिक ब्याडमिटन प्रतियोगितामा पहिलो दोस्रो र तेस्रो हुने खेलाडीहरुका लागि कवड हलका सल्लाहकार केदार गिरी, निर्मल भट्टराई, मिनप्रकाश मैनाली, ओमकृष्ण विमली, कुमार हाङसेहाङ राई र स्व. बिनोद बस्नेतको संयुक्तमा २५ किलोको खसीसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको बताइएको छ । 

मेहरमान बहुउद्देश्यीय कवर्ड हल र बिर्तामोड नगरपालिकाको आयोजनामा जेठ ३० र ३१ गते २ दिन भएको प्रतियोगिताको फाइनल खेल आज (आइतवार) भएको हो । कवर्ड हल सञ्चालन समितिका अध्यक्ष दिलेन्द्र कार्कीको अध्यक्षतामा भएको फाइनल खेलमा बिर्तामोड नगरपालिकाकी नगर प्रमुख पवित्रा महतरा प्रसाईको प्रमुख आतिथ्य रहेको थियो । सोही कार्यक्रमकाबिच कवल हलमा सहयोग गर्ने बिपिन बजगाँई, जीवन खड्का र राकुमार साहलाईसमेत सम्मान गरिएको थियो । 

कार्यक्रममा समाजसेवी सुवास भट्टराई, राजकुमार घिमिरे, गजेन्द्रबहादुर पौडेल, कोशी प्रदेश ब्याडमिटन संघका सचिव प्रकाश राई, संघका झापा सदस्य शैलेन्द्र कुरुङबाङ, वीरता जेसीजका पूर्व अध्यक्ष प्रविन खड्का, झापा जिल्ला टेवल टेनिस संघका अध्यक्ष सन्तोष अग्रवाललगायतको आतिथ्य रहेको थियो । स्वागत कवर्ड हलका उपाध्यक्ष रविन्द्र भट्टराईले गरेको कार्यक्रमको सञ्चालन कोषाध्यक्ष रामअवतार घिमिरेले गरेका थिए । 

झापाको मुटुका रुपमा रहेको बिर्तामोडमा खड्का परिवारले कवर्ड हलका लागि दिएको २ बिगाहा ५ कठ्ठा जग्गामा स्थापना गरिएको कवर्ड हलमा बिभिन्न कार्यक्रम गरिदै आएको छ । शनिवार भएको प्रतियोगिताको उद्घाटन खेल बिर्तामोड नगर उप–प्रमुख नगेन्द्रप्रसाद संग्रौलाले गरेका थिए ।