बुट्टावारी ।
सामाजिक बिकास मन्त्रालय कोशी प्रदेशको सहयोग अनुदानमा बालगृहलाई विभिन्न सामग्री हस्तान्तरण गरिएको छ । झापा अर्जुनधारा नगरपालिका महिला तथा बालबालिका शाखा मार्फत बन्दी सहायता नेपालद्वारा सञ्चालित मनमाया आमा, गङा आमा, जङ्गल गार्डेन ब्वाइज होम र जुनकीरी सार्वजनिक आधारभूत बिद्यालय अर्जुनधारा–११ का बालबालिकाहरुलाइ खाद्यान्न, स्टेसनरी, स्कुल ड्रेस, छातासहित दुई लाख मूल्य बराबरको सामग्री हस्तान्तरण गरिएको हो ।
विभिन्न कारागारमा कैदी जीवन बिताइरहेका अभिभावकहरुसग आस्रित ३१ जना बालबालिका र मातृ जुनकीरी बिद्यालयका ८५ जना विद्यार्थीहरुलाइ स्टेसनरी प्रदान गरिएको थियो । बन्दी सहायता नेपालद्वारा २०६२ सालमा जुनकीरी बालबिकासबाट सुरु गरिएको जुनकीरी सार्वजनिक आधारभूत बिद्यालय मै बालगृहको आवास ब्यवस्थापन गरिदिएको छ भने कक्षा ५ सम्म उनिहरुले अध्ययन गरेपछि कक्षा १० सम्म छिमेकी मातृ बिद्यालय महारानीगञ्ज माबि अर्जुनधारा–११ र सरस्वती माबि बुट्टाबारी बिर्तामोड र ११/१२ कक्षाका लागि देबि माबि बिर्तामोडमा अद्य्ययनका जाने गरेको प्रधानाध्यापक रन्जित परियारले बताए ।
कक्षा १२ अध्ययनपछि करागार कैद मुक्त भएपछि परिवारमा पुनर्स्थापना गर्ने गरेको पुर्वाञ्चल शाखा प्रमुख जगतबहादुर मगरले बताए । कार्यक्रममा अर्जुनधारा–११ खेलकुद समितिका प्रतिनिधि एवम् वडा सदस्य सुशिला गिरीले जुनकीरी बाल कल्वका अध्यक्ष रोहन भण्डारीलाई फुटबल, भलिबल र डस्बिन प्रदान गरेकी थिइन् भने विद्यार्थीहरुले उत्कृष्ट नृत्यहरु प्रस्तुत गरि अभिभावकहरुलाइ मनोरञ्जन प्रदान गरेका थिए ।
कार्यक्रममा अतिथि जुनकीरी सार्वजनिक आधारभूत बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष अबिचन्द्र बास्कोटा, नरबहादुर बिक लगायतले शुभकामना व्यक्त गरेका थिए । सदैव नेपाल सरकार सामाजिक बिकास मन्त्रालय कोशी प्रदेशले प्रदेश भरिकै बालगृहलाई प्रत्येक बर्ष दिइदै आएको अनुदान अर्जुनधारा नगरपालिका मार्फत बालबालिकाहरुको शिक्षा,आवास र अन्य आवश्यकता पूरा गर्न सहयोग गरेकोमा अध्यक्ष जगत बहादुर मगरले धन्यवाद व्यक्त गरेका थिए भने कार्यक्रमको औचित्य बारे उपाध्यक्ष अर्जुन थेबेले प्रस्तुत गरेका थिए ।
अर्जुनधारा–११ का कार्यबाहक अध्यक्ष पुर्णबहादुर राइको प्रमुख आतिथ्यमा सञ्चालित कार्यक्रममा स्वागत बालगृहकि छात्रा सोनिया दर्जीले गरेकी थिइन भने सहजीकरण प्रधानाध्यापक रन्जित परियारले गरेका थिए ।


















